बिहिबार, साउन २१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

ए डिभिजन लिगः नवप्रवेशी सातदोबाटो र फ्रेन्ड्सको गोलरहित बराबरी


  • माउन्टेन खबर
  • शुक्रबार, मंसिर ३, २०७८
  • 567
    SHARES

काठमाडौं, ३ मंसिर

शहीद स्मारक ‘ए’ डिभिजन लिगमा ‘डेब्युट्यान्ट’ सातादोबाटो युथ क्लबले पहिलो खेलमा फ्रेन्ड्स क्लबसँग गोलरहित बराबरी खेल्दै १ अंक जोडेको छ ।

शहीद स्मारक ‘ए’ डिभिजन लिगमा ‘डेब्युट्यान्ट’ सातादोबाटो युथ क्लबले पहिलो खेलमा फ्रेन्ड्स क्लबसँग गोलरहित बराबरी खेल्दै १ अंक जोडेको छ । आजदेखि सुरु भएको शहीद स्मारक लिगअन्तर्गत शुक्रबार दशरथ रंगशालामा भएको खेलमा सातदोबाटो लिगको अनुभवी फ्रेन्ड्सँग बराबरी खेल्दै पहिलो अंक जोडेको हो ।

प्रतिस्पर्धात्मक खेलको ११औं मिनेटमा सातदोबाटोका लागि कप्तान मान बहादुर तामाङको क्रसलाई शुशील राईले नियन्त्रयण लिन सकेनन् । सुरुआती ३० मिनेटसम्म गोलका लागि दुवै टोलीले गोलको अवसर सिर्जना गर्न सकेका थिएनन् ।

सातदोबाटोका लागि राइट फ्लान्कबाट निरन्तर क्रस दिएका कप्तान मान बहादुरले ३३औं मिनेटमा दिएको क्रसलाई आकाश बुढा मगरको हेडर फ्रेममा परेको थिएन । पहिलो हाफमा कुनै पनि टोलीले सट अन टार्गेट राख्न सकेका थिएनन् ।

 

दोस्रो हाफमा आक्रामक बनेको खेलको ५५औं मिनेटमा सातदोबाटोका अजयी मार्टिन्सले ६ यार्ड बक्स नजिकबाट हेडरमार्फत गरेको प्रहार फ्रेममा परेको थिए ।

 

दोस्रो हाफको सुरुआतमा फ्रेन्ड्सलाई दबाबमा राखेको सातदोबाटोका लागि आकाशले १८ यार्ड बक्स भित्रबाट गरेको सशक्त प्रहार विपक्षी टोलीका गोलकिपर राहुल राम चन्द्र यादवले पञ्च आउट गरिदिएका थिए ।

 

सातादोबाटोको रक्षापंक्ति बिरलै पास गरेको फ्रेन्ड्सका विदेशी खेलाडी नथानियल जुड गर्सियाले ५९औं मिनेटमा प्रहार गरेको ‘लब’ क्रसबारमा लागेर फर्किएको थियो ।

 

त्यसको सात मिनेट नबित्दै फ्रेन्ड्सका गर्सियाले पेनाल्टी एरिया भित्रबाट गरेको प्रहार सातदोबाटोका डिफेन्डर पिटर सेगुनलाई लागेर गोलपिकर अबिषेक बरालको हातमा पुगेको थियो ।

 

सातदोबाटोका शुशीलविरुद्ध खराब फाउल गर्दै फ्रेन्ड्सका रोनेल एन्थोनी पाउलले दोहोरो पहेँलो कार्डको सामना गर्दै मैदानबाट बाहिरिनु परेको थियो । ६१औं मिनेटमा पहिलो पहेँलो कार्ड पाएका पाउलले पुनः कार्डको सामना गरेसँगै ७६औं मिनेटमा १० जनामा सीमित बनेको फ्रेन्ड्सले बाँकी समयमा क्लिनसिट राख्दै १ अंक हासिल गर्यो ।

 

शहीद स्मारक लिगको अन्तिम संस्करण २०७६ मा भएको थियो । त्यसलबेला मच्छिन्द्र क्लबले लिग जितेयता कोरोना भाइरसको महामारीबाट प्रभावित लिग दुई वर्षपछि सुरु भएको हो ।

 

आजबाट सुरु भएको लिगको उद्घाटन खेल हेर्न रंगशालामा करिब ३ हजार जना दर्शक उपस्थित थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)