बिहिबार, साउन २१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नेपालीहरुले बनाएको बिग बिंगो गेम अब आफ्नो मोबाइलमा नै खेल्न सकिने


  • माउन्टेन खबर
  • आइतवार, मंसिर ५, २०७८
  • 254
    SHARES

काठमाडौं, ५ मङ्सिर

विश्वभरी खेलिने लोकप्रिय पारिवारिक खेल बिग बिंगो (Big Bingo) अब नेपालमा नि:शुल्क टिकट लिएर सजिलै आफ्नो मोबाइलमा नै खेल्न सकिने भएको छ।

बिग बिंगो खेल्दा पहिलो लाइनको पुरस्कार स्वरुप रू ११ हजार, दोश्रो लाइनको पुरस्कार स्वरुप रू ११ हजार ,तेश्रो लाइनको पुरस्कार स्वरुप रु ११ हजार र अन्त्यमा हाउसफुलको पुरस्कार स्वरुप रू ५१ हजार रुपैयाँ हरेक हप्ता जित्न सक्नु हुनेछ।

विश्वमै पहिलोपटक लाखौं जना एकैसाथ बसेर अनलाइनमार्फत खेल्न सकिने गरी बनाएको यो गेम नेपालीहरुले बनाएका हुन्।

यो गेम खेल्नको लागी प्ले स्टोरबाट Big Bingo टाइप गरी गेम डाउनलोड गरी फ्रीमा बिंगो टिकट लिन सकिन्छ भने आइफ़ोन प्रयोगकर्ताहरूले भने www.playbigbingo.com  लगइन गरी बिंगो टिकट लिन सकिने बताईएको छ ।

यो कार्यक्रम हरेक हप्ताको शुक्रबार साँझ ६ बजेदेखी योहो एचडी टेलिभिजन र मोबाइल एपमा लाइभ खेल्न सक्नुहुनेछ।

टिकट लिनको लागि भिडियो हेर्नुपर्ने हुन्छ र सहि जवाफ दिइसकेपछि मात्रै टिकट प्राप्त गर्न सकिन्छ।

गेमको मुख्य उदेश्य भिडियोमार्फत सामाजिक सन्देश दिनु रहेको बिग बिंगो एप निर्माताको भनाई छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)