तस्बिर : एन्फा
१० मङ्सिर, काठमाडौं । काठमाडौंमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत भएको खेलमा सातदोबाटो युथ क्लबले जित हासिल गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको सातदोबाटो युथ क्लब र थ्री स्टार क्लबबीच भएको खेलमा सातदोबाटोलाई १-० गोल अन्तरले पराजित गर्दै सातदोबाटोले पहिलो जित हात पारेको हो ।
सातदोबाटोलाई जित दिलाउन सुदिप गुरुङले खेलको २९औँ मिनेटमा निर्णायक गोल गरेका थिए ।
जितसँगै सातदोबाटोले २ खेलमा ४ अंक जोड्दै लिगको शीर्ष स्थानमा समेत उक्लिएको छ भने थ्री स्टार ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ।
