१० मङ्सिर, काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगअन्तर्गतको खेलमा संकटा क्लबद्वारा फ्रेन्ड्स क्लब २-१गोलले पराजित भएको छ। शुक्रबार भएको खेलमा संकटाको तर्फबाट निरज बस्नेत र फोडे फोफनाको गोलबाट फ्रेन्ड्स क्लब २-१गोलले पराजित भएको हो। संकटाको जितका लागि निरज बस्नेतले ५७औँ मिनेट र फोडे फोफनाले खेल सकिन चार मिनेट बाँकी हुँदा गोल गरेका थिए।
फ्रेन्ड्स क्लबले खेलको ४२औँ मिनेटमा कप्तान प्रकाश बुढाथोकीको गोलबाट अग्रता लिए पनि जित हासिल गर्न भने सकेन।
जितसँगै संकटा ४ अंकका साथ शिर्ष स्थानमा उक्लिएको छ।
