११ मङ्सिर, काठमाडौं । काठमाडौंमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज शनिबार दुई खेलहरु हुँदैछन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा च्यासल युथ क्लब र एपीएफ क्लब भिड्दै छन् भने दिउँसो १ बजे च्यासल र एपीएफबीचको खेल सुरु हुनेछ ।
लिग अन्तर्गत नै दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लब र हिमालयन शेर्पा क्लब भिड्दै छन् । मनाङ र हिमालयनबीचको खेल ४:४५ बजे सुरु हुनेछ ।
