सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

रसुवामा कांग्रेसको सर्वसम्मत पदाधिकारी चयन, सभापतीमा पेम्बाछिरिङ तामाङ पुनः दोहोरिए


  • माउन्टेन खबर
  • मङ्लबार, मंसिर १४, २०७८
  • 1.2K
    SHARES

रसुवा, १४ मंसिर ।

नेपाली कांग्रेसको १४ औं महाधिबेशन अन्तर्गत रसुवामा भएको अधिबेशनमा सर्वसम्मत नेतृत्व चयन गरिएको छ । सोमबारदेखि सुरु भएको प्रदेश, प्रतिनिधिसभा र जिल्लाको अधिबेशनमा सर्वसम्मत नेतृत्व चयन गरिएको हो ।

नेपाली कांग्रेस रसुवाको सभापतीमा पेम्बाछिरिङ तामाङ पुन दोहोरिएका छन् । उनी सर्वसम्मत जिल्ला सभापतीमा चयन भएका हुन् । त्यसैगरि उपसभापतीमा ओम प्रसाद आचार्य, फुर्वावाङ्दी तामाङ, सचिबमा उत्तम थापा, लक्ष्मण देवकोटा र सहसचिबमा पासाङ तितुङ र लक्षिन छिरिङ तितुङ सर्वसम्मत चयन भएका छन् ।

त्यसैगरि, नेपाली कांग्रेस रसुवा प्रदेश सभा क्षेत्र ‘क’ को सभापतिमा श्याम कुमार गुरुङ सर्वसम्मत चयन भएका छन् । उपसभापतीमा रिक्चेन तामाङ, राजकुमार घले, सचिबमा एमबी लामा थोक्रा, तारानाथ पौडेल र सहसचिबमा राजु तामाङ र बिशाल घले सर्वसम्मत चयन भएका छन् ।

त्यसैगरि, नेपाली कांग्रेस रसुवा प्रदेश सभा क्षेत्र ‘ख’ को सभापतिमा बुचुङ तामाङ सर्वसम्मत चयन भएका छन् । भने उपसभापतीमा लाक्पा कामी तामाङ, सिंगी लामा, सचिबमा निलनाथ आचार्य, खुवाबहादुर तामाङ, सहसचिबमा सुदिप गुरुङ र राजु तामाङ सर्वसम्मत चयन भएका छन् ।

त्यसैगरि केन्द्रिय महाधिबेशन प्रतिनिधिमा २६ जना सर्वसम्मत चयन भएका छन् । मोहन आचार्य, लामाकार्पू तामाङ, प्रेम तामाङ, प्रभात तामाङ, सुनौऔदी तामाङ, मंगले तामाङ, उपेन्द्र लम्साल, केदार प्रसाद देवकोटा (कुमार), राजु तितुङ, हरिकृष्ण देवकोटा, दावा मेन्दो तामाङ, चन्द्रकुमारी पनेरु, सार्किबुट्टि तामाङ, सुनितामाया गुरुङ, डुदार्के तामाङ, छिरिङ फिन्जो लोप्चन, शुक्रबहादुर थिङ तामाङ, पर्सादो तामाङ, निर्मला श्रेष्ठ, कारी तामाङनी, लालुमाया घले, सिता तामाङ, शशि अधिकारी, सरला देवकोटा, नुर्बूसाङ्बो घले र अनिल भुषाल सर्वसम्मत चयन भएका हुन् ।

त्यसैगरि प्रदेश सभा क्षेत्र नम्बर (क) को क्षेत्रिय अधिबेशनका लागि प्रदेश प्रतिनिधिमा जयराम देवकोटा, तेम्पानुर्पू तामाङ, डिलबहादुर मोक्तान, प्रशुन राज गुरुङ, ओमबहादुर घले, दावा ग्याल्सेन तामाङ, अनिल थिङ तामाङ, अन्जिता तामाङ, अमृता पौडेल, बिबिरानी तामाङ, फुर्पू ग्याम्जो तामाङ, कामी सिदार तामाङ, कुमार ग्याम्दाङ, सानुमाया तितुङ, कर्मो तामाङ, दुर्गानाथ न्यौपाने ‘बलराम’, भोजबहादुर बि.क., गोरमेन नेकोर तामाङ सर्वसम्मत चयन भएका छन् ।

त्यसैगरि प्रदेश सभा क्षेत्र नम्बर (ख) को क्षेत्रिय अधिबेशनका लागि प्रदेश प्रतिनिधिमा इश्वरलाल श्रेष्ठ, बुद्धि बहादुर ढकाल, सुनिल कुमार पौडेल, सुदर्शन कुमार पौडेल, निर्मल बिक्रम गोले, धनबहादुर गुरुङ, अभिनाश तामाङ, मनकला थापा मगर, शेषकुमारी अधिकारी, सोनाम घले, मकर कुमार तामाङ, उदय लामा, बिद्या लक्ष्मि श्रेष्ठ, उचिमाया तामाङ, रमेश कुमार न्यौपाने, सुमित्रा पौडेल, साङतेम्पा तामाङ घले र प्रेमबहादुर बि.क सर्वसम्मत चयन भएका छन् ।

एक मात्र निर्वाचन क्षेत्र रहेको हिमाली जिल्ला रसुवामा वडा अधिबेशन सम्पन्न भए पश्चात अधिबेशन रोकिएको थियो । पुन नयाँ निर्वाचन अधिकृत तोकिएर आएसँगै जिल्लामा अधिबेशनको प्रक्रिया अघि बढाइएको थियो । र सहमतीमा मंगलबार जिल्ला, प्रदेश, र महाधिबेशन प्रतिनिधिहरु निर्विरोध चयन भएको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)