बिहिबार, साउन २१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

यु–१९ क्रिकेट प्रतियोगिता

प्रदेश १ माथि १ विकेटको रोमाञ्चक जित निकाल्दै गण्डकी प्रदेश


  • माउन्टेन खबर
  • बिहिबार, मंसिर १६, २०७८
  • 309
    SHARES

कीर्तिपुर ,१६ मङ्सिर

प्रदेश १ माथि १ विकेटको रोमाञ्चक जित निकाल्दै गण्डकी प्रदेशले राजधानीमा जारी वाई–वाई यु–१० क्रिेकट प्रतियोगितामा फाइनल प्रवेशका लागि सम्भावना कायमै राखेको छ ।

कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा आज भएको खेलमा गण्डकीले प्रदेशलाई १ विकेटले हराउँदै लिग चरणको अन्तिम खेलमा सुखद नतिजा निकाल्दा फाइनल प्रवेश सम्भावनालाई जिवन्त राखेको हो । जित निकाले पनि फाइनल प्रवेशका लागि भोली हुने सुदुर पश्चिम र बागमती प्रदेशबीचको खेल पश्चात मात्र टुङ्गो लाग्ने छ ।

प्रदेश १ ले दिएको १ सय ३४ रनको लक्ष्य पछ्याउने क्रममा गण्डकीले ३८ ओभरमा ९ विकेट गुमाएर पुरा गरेको हो । गण्डकीको जितमा अर्जुन कुमालले सर्वाधिक ३५ रनको पारी खेल्दा दिपक डुम्रे ३३ रनमा पवेलियन फर्किएका थिए । मिलन क्षेत्रीले २४ रनको योगदान गर्दा किरण पौडेल १२ रनमा अविजित रहे ।

गण्डकीको ९ विकेट निकाल्ने क्रममा प्रदेश १ का दिपेश कँडेलले सर्वाधिक ४ विकेट निकाले । लुभ कमाटले ३ विकेट आफ्नो नाममा लेखाए । ६ मध्ये ३ खेलमा सुखद नतिजा निकालेको गण्डकी तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । यता ५ मध्ये ३ खेल जितेको सुदुरपश्चिम प्रदेशले ६ अंक जोडेपनि नेट रनरेटका आधारमा दोस्रो स्थानमा रहेको छ ।

यस अघि टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको प्रदेश १ ले ४४.४ ओभरमा सबै विकेट गुमाउँदै १ सय ३३ रन जोडेको थियो । प्रदेश १ का लागि दिपेश कँडेलले सर्वाधिक ४६ रन जोड्दा दीपक जोशीले १६ तथा विवेक आनन्द मेहताले १४ रनको योगदान गरे । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । गण्डकीका लागि कमल परियारले सर्वाधिक ३ विकेट हात पारे । सुदिप अर्यालले २ तथा किरण पौडेल, सुवास भण्डारी र विष्णु पाण्डेले एक–एक विकेट लिए ।

प्रतियोगिता अन्तर्गत आजै भएको अर्को खेलमा कर्णाली प्रदेशले प्रदेश नम्बर २ माथि दुई विकेटको संघर्षपूर्ण जित निकाल्यो । मुलपानी क्रिकेट मैदानमा ४६ रनको लक्ष्य पुरा गर्न कर्णालीले ८ विकेट गुमाउनु परेको थियो । कर्णालीले १३ दशमलब ३ ओभरमा लक्ष्य पुरा गरेको थियो । कर्णालीविरुद्ध पराजित भएसँगै प्रदेश २ प्रतियोगिताबाट बाहिरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)