बिहिबार, साउन २१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बराबरीमा रोकिए थ्रीटार र फ्रेन्ड्स


  • माउन्टेन खबर
  • शुक्रबार, मंसिर १७, २०७८
  • 471
    SHARES

१७ मङ्सिर, काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्र्गत आजदेखि सुरु भएको तेस्रो चरणको पहिलो खेलमा थ्रीटार क्लबले फ्रेन्ड्स क्लबसँग बराबरी खेल्दै अङ्क बाँडेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा थ्रीस्टार र फ्रेन्ड्स क्लबको खेल १–१ गोलको बराबरीमा टुङ्गिएको हो । दुवै टोलीले एक÷एक अङ्क बाँडेका छन् । खेलमा पहिलो अग्रता भने फ्रेन्ड्स क्लबले लिएको थियो । खेलको ५१औँ मिनेटमा फ्रेन्ड्सका नाथनिल जुड ग्रासियाले एक गोल गरे । कप्तान प्रकाश बुढाथोकीको क्रसमा फ्रेन्ड्सका ग्रासियाले हेडमार्फत गोल गर्दै फ्रेन्ड्सलाई पहिलो अग्रता दिलाएका हुन ।

त्यस्तै थ्रीस्टारका लागि भने मिक्छेन तामाङले गोल गरे । उनले खेलको ८३औँ मिनेटमा एक गोल फर्काउँदै खेललाई १–१ को बराबरीमा ल्याए । यस बराबरी खेलसँगै थ्रीस्टारले तीन खेलबाट चार अङ्क जोडेको छ । समान खेल खेलको फ्रेन्ड्सको भने दुई अङ्क छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)