बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कांग्रेस महाधिबेशन : प्रदेश २ बाहेकका प्रदेशमा चुनावी प्रक्रिया सुरु


  • माउन्टेन खबर
  • शुक्रबार, मंसिर १७, २०७८
  • 595
    SHARES

काठमाण्डाै ,१७ मङ्सिर

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत ६ वटा प्रदेशमा चुनावी प्रक्रिया सुरु भएको छ । हिजो बिहीवारदेखि सुरु भएको प्रदेश अधिवेशन अन्तर्गत प्रदेश २ बाहेकका प्रदेशमा उम्मेदवारी दर्ता भएको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

सबै प्रदेशमा कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले प्रदेश सभापतिमा उम्मेदवारी दिएका छन् । सभापति पदका लागि प्रदेश १ मा उद्धव थापा र गुरुराज घिमिरे, वाग्मतीमा इन्द्रबहादुर बानियाँ, भीमसेनदास प्रधान र जगदीश्वरनरसिंह केसी, गण्डकीका  अर्जुन जोशी र शुक्रराज शर्माले उम्मेदवारी दिनुभएको छ ।

यस्तै लुम्बिनीमा भरतकुमार शाह र अमरसिंह पुन, कर्णालीमा ललितजङ्ग शाही, भूपेन्द्रजङ्ग शाही र मोतीराज बम र सुदूरपश्चिम प्रदेशमा वीरबहादुर बलायर र नारायण मिश्रले उम्मेदवारी दिनुभएको छ ।

प्रदेश २ मा श्रीकृष्ण यादव र रामसरोज यादवले उम्मेदवारी घोषणा गर्नु भएपनि चुनावी प्रक्रिया सुरु भएको छैन ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)