बिहिबार, साउन २१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सीताले फेयर ब्रेक इन्भिटेस्नल प्रतियोगिता खेल्ने


  • माउन्टेन खबर
  • शनिबार, मंसिर १८, २०७८
  • 483
    SHARES

काठमाडौं , १८ मङ्सिर

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी उपकप्तान सीता राना मगरले हङकङमा आयोजना हुने क्रिकेट प्रतियोगितामा सहभागिता जनाउने भएकी छन् ।

राजधानीमा आज सिताले एक कार्यक्रमको आयोजना गरेर हङकङमा आयोजना हुने महिला क्रिकेट प्रतियोगिता फेयर ब्रेक इन्भिटेस्नल २०२२ खेल्ने जानकारी गराएकी हुन् । सीताले खेल्न लागेको फेयर ब्रेक इन्भिटेस्नल २०२२ अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)बाट मान्यता प्राप्त महिला ट्वान्टी–२० प्रतियोगिता हो ।

यससँगै सीता विदेशी प्रतियोगिता खेल्ने पहिलो नेपाली महिला क्रिकेट खेलाडी भएकी छिन् । सीताले सहभागिता जनाउन लागेको प्रतियोगिता आउँदो वर्षको मे १ देखि १५ तारिखसम्म हङकङमा हुँदै छ । प्रतियोगितामा ६ टिमको सहभागिता रहने छ । भारतीय र पाकिस्तानी चर्चित खेलाडीले समेत सहभािगता जनाउने प्रतियोगितामा सीताले खेल्ने टोलीको टुङ्गो लागेको छैन । सीतालाई अन्तर्राष्ट्रिय खेलको अवसर दिलाउन क्विन्स इभेन्ट मेनेजमेन्ट प्रा.लिले सम्वन्य गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)