बिहिबार, साउन २१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भारतद्वारा न्युजिल्याण्ड पराजित


  • माउन्टेन खबर
  • सोमवार, मंसिर २०, २०७८
  • 569
    SHARES

२० मङ्सिर, काठमाडौं । भारत र न्युजिलयाण्डबीचको दोस्रो टेस्ट क्रिकेटमा भारतले सहज जित हात पारेका छ। मुम्बईमा खेलिएको टेस्ट शृङ्खलाको दोस्रो तथा अन्तिम टेस्टमा भारतले न्युजिल्याण्डलाई ३ सय ७२ रनको विशाल अन्तरले पराजित गरेको हो ।

भारतको ५४० रनको लक्ष्य पछ्याएको न्युजिल्याण्डलाई १६७ रनमा अलआउट गर्दै भारतले टेस्ट सिरिजमा १–० को अग्रता लिएको हो। न्युजिल्याण्डलाई सस्तोमा समेट्न रवीचन्द्र अश्विन र जयन्त यादवले ४–४ विकेट लिए । न्युजिल्याण्डका लागि डेरल मिचेलले सर्वाधिक ४४ रन बनाए । हेनरी निकोलसले ४४ रन बनाउँदा विल यङले २० रनको योगदान दिए ।

यसअघि, भारतले पहिलो इनिङ्ग्समा ३२५ रन बनाएको थियो । जवाफमा न्युजिल्याण्ड मात्र ६२ रन मा अलआउट हुन पुगेको थियो । भारतले दोस्रो पारीमा ७ विकेटको क्षतिमा २७६ रन बनाएर पारी समाप्तिको घोषणा गरेको थियो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)