बिहिबार, साउन २१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

इङ्लिस प्रिमियर लिगमा आर्सनलमाथि एभर्टनको जित


  • माउन्टेन खबर
  • मङ्लबार, मंसिर २१, २०७८
  • 601
    SHARES

२१ मङ्सिर, काठमाडौं । इङ्लिस प्रिमियर लिगमा एभर्टनले आर्सनलमाथि जित दर्ता गरेको छ ।

आफ्नो घरेलु मैदान गुडिसन पार्कमा आज बिहान सम्पन्न खेलमा एभर्टनले आर्सनललाई २-१ गोलले पराजित गरेको हो । पहिलो हाफको ४४औं मिनेटमा एभर्टनका रिचारलिसनले गरेको गोल भी.ए.आर.ले अफसाइड घोषित गरेको एक मिनेटमै मार्टिनले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए ।

पहिलो हाफ एक गोलले पछि परेको एभर्टनका रिचारलिसनले खेलको ७९औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । निर्धारित समयपछिको अतिरिक्त समयमा एभर्टनका डिमाराईले अर्को गोल गर्दै एभर्टनको जीत सुनिश्चित गरेका थिए ।

एभर्टनले आफ्नो घरेलु मैदानमा आफूभन्दा बलियो मानिएको आर्सनललाई पराजित गर्दै १८ अंकसहित बाह्रौं स्थानमा उक्लन सफल भएको छ । आर्सनल २३ अंकसहित सातौं स्थानमा रहेको छ भने शीर्ष स्थानमा साविक विजेता म्यानचेष्टर सिटी रहेको छ ।।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)