बिहिबार, साउन २१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

हिमालयनशेर्पा र पुलिस बराबरी


  • माउन्टेन खबर
  • बुधबार, मंसिर २२, २०७८
  • 704
    SHARES

काठमाडौं, २२ मङ्सिर

सहिद स्मारक ए डिभिजन लिग अन्तर्गतको आजको  पहिलो खेलमा विभागीय टोली नेपाल पुलिस क्लब र हिमालयन शेर्पाले बराबरी खेल्दै अंक बाँडेका छन् ।

त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको खेलमा नेपाल पुलिस र हिमालयन शेर्पाले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

लिग अन्तर्गत दिनको पहिलो खेलमा पुलिसले पुनरागमनमा १–१ को बराबरी खेल्दै हिमालयन शेर्पा क्लबसँग अंक बाँडेको हो । बलियो मानिएको पुलिस विरुद्ध हिमालयनले पहिलो मिनेटमा नै अग्रता लिन सफल भएको थियो । कप्तान विश्वास श्रेष्ठले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । मोइनुद्दीनको पासमा पेनाल्टी बक्स भन्दा बाहिरबाट गरेको प्रहार पुलिसका गोलकिपर सत्रुघन चौधरीले रोक्ने क्रममा गोलमा परिणत भएको थियो । त्यसपछि दबाबमा परेको पुलिसका मान बहादुर परियारले १४ औं मिनेटमा गोलको अवसर गुमाउँदा बराबरी अवसर खेर पुगेको थियो । ४७ औं मिनेटमा पुलिसका अन्जन राईले गोलको अवसर गुमाए । दोस्रो हाफमा आक्रामक खेल पस्किएको पुलिसले ६० औं मिनेटमा बराबरी गोल फर्कायो । सुमन लामाले गोल गर्दै पुलिसलाई १–१ गोलको बराबरीमा फर्काएका थिए । रबि पासवानको क्रसमा सिक्स यार्ड बक्सन अनमार्क रहेका सुमनले सहजै गोल गर्दा पुलिसले खेल बराबरीमा ल्याउन सफल भएको थियो । त्यसपछि स्पष्ट अंकका लागि स्पष्ट अंकका लागि संघर्ष गरेको पुलिसले केही राम्रा अवसर सिर्जना गरे पनि सफल हुन सकेन र अंक बाँड्न बाध्य बन्यो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)