आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

काँग्रेस केन्द्रीय सदस्य लड्न लागेका सांसद मोहन आचार्य को हुन् ?


  • माउन्टेन खबर
  • शनिबार, मंसिर २५, २०७८
  • 1.2K
    SHARES

काठमाडौँ, २५ मङ्सिर । नेपाली काँग्रेसको केन्द्रीय सदस्य पदमा रसुवाका सांसद ईञ्जिनीयर मोहन आचार्यले उम्मेदवारी दिने हुनुभएको छ ।

सांसद आचार्यले नेपाली काँग्रेसमार्फत आम नेपालीको जीवनस्तर उकास्नका साथै स्वरोजगारमूलक अभियान सञ्चालन गर्नका लागि केन्द्रीय सदस्य पदमा उम्मेदवार दिन लागेको जानकारी दिनुभयो ।

काँग्रेसको लगानी, पूर्वाधार र रोजगार दृष्टिकोण एवम् दिगो परियोजना केन्द्रित बिशेष समितिको सदस्यसमेत रहनुभएका आचार्य रसुवामा निर्वाचित भएसँगै ‘समृद्ध रसुवा’ निर्माण अभियान सुरु गर्नुभएको थियो ।

विस २०७४ सालको प्रतिनिधी सभा निर्वाचनमा रसुवाबाट निर्वाचित सांसद आचार्यको पहलमा रसुवामा विगत चार वर्षमा विभिन्न खालका विकास निर्माणले तीव्रता पाएको छ ।

को हुन् मोहन आचार्य ?
विस २०३३ चैत २९ गते रसुवाको लहरेपौवामा बुबा अनन्तप्रसाद र आमा ईश्वरीदेवी आचार्यको कोखबाट जन्मनुभएका सांसद आचार्य परिवारका कान्छा छोरा हुनुहुन्छ ।

विद्यालय शिक्षा सिद्धार्थ बनस्थलीमा अध्ययन गर्नुभएका सांसद आचार्य विस २०४६ सालको जनआन्दोलनमा काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घमार्फत सक्रिय हुनुभएको थियो ।

भारतको देहरादुनबाट उच्च शिक्षा हाँसिल गर्नुभएका आचार्य फिलिपिन्सबाट सिभिल इन्जिनीयरिङ पढाई पुरा गरेर विस २०५६ सालमा स्वदेश फर्केलगत्तै काँग्रेस राजनीतिमा सक्रिय हुनुभयो ।

उच्च शिक्षा पुरा गरेसँगै पार्टीको क्रियाशिल सदस्यता लिनुभएका आचार्य विस २०७२ सालमा सम्पन्न पार्टीको १३ औँ महाधिवेशनमा महासमिति सदस्य निर्वाचित हुनुभएको थियो ।

विस २०७४ सालको प्रतिनिधी सभा निर्वाचनमा रसुवाबाट एमालेका उम्मेद्वार जनार्दन ढकाललाई ठूलो मतअन्तरले पराजित गर्नुभएका आचार्यले रसुवा काँग्रेसको संगठनलाई मजबुद बनाउनुभएको छ ।

उहाँले तत्कालिन निर्वाचनमा आफनो पार्टीबाट सहकार्य गरेर निर्वाचन लडेको नयाँ शक्ति पार्टीलाई समेत काँग्रेसमा प्रवेश गराएर रसुवाको संगठन विस्तारमा महत्वपूर्ण भूमिका खेल्नुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)