मङ्लबार, जेष्ठ ८, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

अचम्मकाे टिभीः स्क्रिन चाट्न र स्वाद डाउनलाेड गर्न सकिने !


  • माउन्टेन खबर
  • मङ्लबार, पुस १३, २०७८
  • 311
    SHARES

काठमाडाैं ,१३ पुस। उहिले उहिले टिभी ब्ल्याक एन्ड ह्वाइट हुन्थ्यो । त्यसपछि कलर भयो । समय र प्रविधिले मारेको फड्कोसँगै थ्रीडी, एचडी हुँदै स्मार्ट टिभीको जमाना चलिरहेको छ अहिले ।

यहीबीचमा बजारमा छुट्टै खालको टिभी आउने खबर आएको छ ।

यो हो, लिकेबल अर्थात् चाट्न मिल्ने टिभी ।

समाचार एजेन्सी रोयटर्सका अनुसार जापानका एक प्रोफेसरले लिकेबल टिभी स्क्रिन बनाएका छन् । त्यसबाट खानाको स्वाद लिन गर्न सकिन्छ ।

यो टिभीलाई ‘टेस्ट द टिभी’ भनिन थालेको छ । यसमा दसवटा क्यानिस्टर लागेका छन् । यसले हाइजेनिक फिल्ममाथि फ्लेवर अर्थात् स्वाद स्प्रे गर्छ । त्यसपछि फिल्म टिभी स्क्रिनमा रोल गर्छ । र, दर्शकले त्यसलाई चाट्न सक्छन् ।

यसका निर्माणकर्ता मेइजी युनिभर्सिटी मेइजीका प्रोफेसर होमेइ मियाशिताको भनाइअनुसार यो टिभीमार्फत बावर्ची या खानाको कारोबारमा लागेका मान्छेलाई टाढैबाट ट्रेनिङ दिन सकिन्छ । उनको अनुमानमा यसको बजारमूल्य ८७५ डलर हुन सक्छ ।

प्रोफेसर मियाशिताले रोयटर्ससँग कुरा गर्दै भनेका छन्, ‘मान्छेहरू आफ्नै घरमा बसी विश्वका जुनसुकै ठाउँका रेस्टुराँमा पस्किने खानाको स्वाद लिन सकून् भन्ने लक्ष्य हो ।’

मियाशिताले अहिले अन्य मेनुफेक्चरर्ससँग कुराकानी गरिरहेका छन् । यस प्रविधिको विस्तृत प्रयोगलाई लिएर टोस्टमा अरु फ्लेभर कसरी हाल्नेजस्ता विषयमा विचार पनि गरिरहेका छन् ।

उनको भनाइमा कुनै दिन  यस्ताे लिस्ट तयार हुनेछ । त्यसबाट अलगअलग स्वाद डाउनलोड गर्न सकिनेछ ।

कोरोना महामारीको बेला जसरी विश्व ठप्प भएको थियो, यस्तो बेला यो प्रविधिमार्फत मान्छेहरुले आफ्नै ठाउँबाट बाहिरी जगत्सँग सम्पर्क कायम राख्न सक्ने प्रोफेसर मियाशितालाई लाग्छ ।

प्रोफेसरले यसअघि पनि आफ्ना विद्यार्थीहरूसँग मिलेर छुट्टै खालका उपकरण बनाइसकेका छन् । एकपटक उनले खानाको स्वाद बढाउने फर्क (काँटा) बनाएका थिए ।

उनको स्वादमय टिभीको एक झलक पत्रकारलाई देखाएका थिए ।

यसमा एक जनाले मसिनसँग भने, ‘मलाई स्विट चकलेट चाहियो ।’

एकछिनपछि उनको अर्डर स्क्रिनमा स्प्रे भयो । र, त्यसलाई उनले चाखे ।

उनलाई स्वाद कस्तो थियो भनेर सोध्दा, चकलेटजस्तो छ भनेका थिए ।

-बीबीसीबाट 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }