शनिबार, जेष्ठ ५, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

बच्चाको मृत्युको बदला लिन बादरले मार्यो २५० कुकुर


  • माउन्टेन खबर
  • शुक्रबार, पुस १६, २०७८
  • 631
    SHARES

१६ पुस, काठमाडौं । आफ्नो बच्चाको मृत्युपछि त्यसको बदला लिन २५० वटा कुकुरलाई मार्ने दुई बाँदरलाई अन्ततः नियन्त्रणमा लिइएको छ । केही कुकुरहरु मिलेर बाँदरको सानो बच्चालाई मारेपछि नै यस्तो घटना सुरु भएको बताइएको छ ।

यसरी पछिल्लो तीन महिनादेखि लभुल गाउँका कुकुरहरुलाई टिपेर उचाइमा पुर्याइ छाडिदिने गरेको स्थानीयले बताए । न्युज एटिनको रिपोर्ट अनुसार उनीहरुले कुकुर देख्नासाथ त्यसलाई उचाइमा लगेर माथिबाट फलिदिने गर्दथे । लभुलको छिमेकी गाउँका सबै कुकुर गायब हुन थालेपछि सम्बन्धित निकायले धेरैपटक यो जोडी बाँदरलाई नियन्त्रणमा लिन खोजेको हो । तर हरेकपटक असफल भइरहेको थियो ।

यसबीच स्थानीयहरु आफैँ कुकुरको उद्धार गर्न खोज्दा घाइते भएको पनि खबर गरिएको छ । गाउँका वासिन्दाहरुका अनुसार सो क्षेत्रमा अब दुर्लभै कुनै कुकुर बाँकी छन् । यता कुकुर मारिसकेपछि त्यसले मान्छेको बच्चामाथि हमला गर्न सक्छ भनेर धेरैले चिन्ता जनाइरहेका थिए । र महिनौँपछि पनि त्यस किसिमको हमला नरोकिनुले उनीहरु झन त्रसित बनेको बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }