आइतवार, जेष्ठ ६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

नयाँ वर्षमा फ्रान्समा किन जलाइन्छन् कार ?


  • माउन्टेन खबर
  • आइतवार, पुस १८, २०७८
  • 551
    SHARES

१८ पुस, काठमाडौं । नयाँ वर्षको पूर्वसन्ध्यामा फ्रान्समा सयौं कार जलाइएको छ । दशकौं लामो परम्पराको एउटा अंशको रुपमा यो वर्ष ८७४ कार जलाइएको हो । सो विवादास्पद संस्कार रोक्ने क्रममा उत्तरपूर्वी फ्रान्सको स्ट्रसवर्गमा चार जना प्रहरी अधिकारी घाईते भएका छन् ।

कोभिड महामारीका कारण यो वर्ष जलाइने कारको संख्या पहिलेको तुलनामा घटेको फ्रान्सेली अधिकारीहरुले जनाएका छन् । सन् २०१९ मा एक हजार ३१६ र सन् २०२१ मा ८७४ कारहरु जलाइएका थिए । लकडाउनका कारण सन् २०२० को तथ्यांक भने सार्वजनिक गरिएको छैन् ।

कार जलाउने परम्परा सन् १९९० को दशकदेखि स्ट्रसवर्गमा सुरु भएको थियो । न्यून आय भएका युवाहरुले विरोधस्वरुप सुरुमा यस्तो परम्पराको थालनी गरेका थिए, जुन पछि गएर विद्रोह गर्ने एउटा संस्कार बनेको छ । सन् २००५ मा अहिलेसम्मकै ठूलो संख्यामा कार जलाइएको थियो । कार जलाइनुका विभिन्न कारण छन् ।

तीमध्ये युवाहरुको विद्रोह र आपराधिक कार्य ढाकछोप मुख्य कारण हुन् । गृहमन्त्री गिराल्ड डार्मानिनले अघिल्ला वर्षको तुलनमा थोरै कार जलेका भन्दै कानुन कार्यन्वयन निकायका अधिकारी र दमकलका कर्मचारीको प्रशंसा गरे । यो वर्ष कार जलाउने ४४१ जनालाई पक्राउ गरिएको उनले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }