सोमवार, बैशाख १७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

२३६ जना केन्द्रीय कमिटी सदस्य चयन गर्दै नेकपा (माओवादी केन्द्र) को आठौँ राष्ट्रिय महाधिवेशन सम्पन्न

पदाधिकारीको चयन केन्द्रिय समितिबाट


  • माउन्टेन खबर
  • आइतवार, पुस १८, २०७८
  • 227
    SHARES

काठमाडौं,१८ पुस। 

२३६ जना केन्द्रीय कमिटी सदस्य चयन गर्दै नेकपा (माओवादी केन्द्र) को आठौँ राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ ।

पुष ११ गतेदेखि जारी माओवादी केन्द्रको आठौँ महाधिवेशन आइतबार समापन भएको हो । महाधिवेशनले २३६ सदस्य केन्द्रीय सदस्यहरु चयन गरेको नेता कृष्णबहादुर महराले जानकारी दिनुभयो । खुल्लाबाट १११ जना र समावेशीबाट १२५ जना गरी जम्मा २३६ जना केन्द्रीय सदस्यहरुको नाम महाधिवेशनको बन्दसत्रले सर्वसम्मत् रुपले पारित गरेको उहाँले बताउनुभयो । बाँकी ६३ जना केन्द्रीय सदस्य र पदाधिकारीबारे निर्णय भने सोमबार नवनिर्वाचित केन्द्रीय कमिटीको बैठक बसेर टुंग्याइने उहाँले बताउनुभयो ।

त्यसैगरी महाधिवेशनले लेखा आयोग प्रमुखमा पेशल खतिवडा, अनुशासन आयोग प्रमुखमा टंक राई र निर्वाचन आयोग प्रमुखमा विष्णुपुकार श्रेष्ठलाई निर्वाचित गरेको नेता महराले जानकारी दिनुभयो ।

यसैबीच, नवनिर्वाचित केन्द्रिय कमिटीका सदस्यहरुले पार्टीको आठौं राष्ट्रिय महाधिवेशनले सबैभन्दा अग्रगामी, समावेशी र लोकतान्त्रिक तरिकाले कन्द्रिय कमिटी चयन गरेको भन्दै खुशी व्यक्त गरेका छन । उनीहरुले महाधिवेशनबाट निर्वाचित केन्द्रिय कमिटीप्रति कसैले पनि विमति नरहेको दावी समेत गरेका छन । केन्द्रिय सदस्यमा निर्वाचित रामप्रसाद सापकोटा दिपशिखाले अन्य राजनीतिक दलहरुभन्दा पनि बढि लोकतान्त्रिक ढंगले केन्द्रिय कमिटी चयन गरिएको भन्दै खुशी व्यक्त गर्नु भयो । उहाँले ३५ प्रतिशत महिला, २० प्रतिशत युवा, १५ प्रतिशत दलितसहितको केन्द्रिय कमिटी बनाएर आफ्नो पार्टीको महाधिवेशन ऐतिहासिक रुपमा सफल भएको दावी समेत गर्नु भयो । दिपशिखाले भन्नु भयो, ‘नेपालको राजनीतिक ईतिहासमा सबैभन्दा अग्रगामी, समावेशी र सबैभन्दा लोकतान्त्रिक तरिकाले केन्द्रिय समिति निर्वाचित गरेको छ । यस मानेमाकी नेपालमा ३५ प्रतिशत महिला कुनै पनि राजनीतिक दलको कमिटीमा छैन । २० प्रतिशत युवा, कुनै राजनीतिक दलमा छैन । १५ प्रतिशत दलित कुनै राजनीतिक दलमा छैन ।’

महाधिवेशनबाट निर्वाचित केन्द्रिय कमिटीप्रति कसैको पनि विमति नरहेको अर्का नवनिर्वाचित केन्द्रिय सदस्य अनिल शर्माले बताउनु भयो । उहाँले सर्वसम्मत रुपमा केन्द्रिय कमिटी चयन हुनु भनेको आफूहरुका लागि गौरवको विषय भएको र यसले मुलुकको राष्ट्रिय राजनीतिलाई नेतृत्व गरेर अघि बढाउने बताउनु भयो । शर्माले भन्नु भयो, ‘महाधिवेशनले निर्वाचित गरेको केन्द्रिय कार्य समितिप्रति कसैले विमति छैन । हामी सर्वसम्मत ढंगले निर्वाचित भएका छौं । यो गौरवको विषय हो । र समस्य युवाहरुका लागि यो खुसीको कुरा हो । यसको नेपालको राष्ट्रिय राजनीति र सिंगो कम्युनिष्ट आन्दोलनलाई नेतृत्व गरेर अघि बढाउनेछ ।’

माओवादी केन्द्रको पदाधिकारी भने केन्द्रिय समितिले चयन गर्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }