उक्त कार्यक्रम ३ खण्डमा बिभाजित गरिएको थियो । पहिलो खण्डमा आ.व. ०७७/०७८ को वार्षिक समिक्षा,आ.व. ०७८/०७९ को चौमासिक समिक्षा अन्र्तगत गाउँपालिकामा रहेका शिक्षा,स्वास्थ्य,महिला तथा वालवालिका,गरिवि निवारणका लागि लधु उद्यम बिकास कार्यक्रम,प्रधानमन्त्री रोजगार कार्यक्रम, कृषि तथा पशु सेवा बिकास शाखा,न्यायीक समित, योजना तथा प्रशासन शाखा, पूर्वाधार तथा वातावरण शाखा लगायतका बिषयगत शाखाहरुले आ आफनो शाखाको समिक्षा सहित प्रगति विवरण, भौतिक प्रगतीका साथै वित्तिय प्रगतिको विवरणहरु,आईपरहेका समस्या, चुनौतिका साथै आगामी कार्ययोजनाको प्रस्तुतिकरण गरिएको थियो ।
यसै गरि बिभिन्न गैरसरकारी संघ संस्थाहरुले पनि आफनो कार्यक्रमको प्रस्तुतिकरण गर्नु भएको थियो । कार्यक्रमको दोश्रो खण्डमा सार्वजनिक सुनुवाई अन्र्तगत खुला सत्रमा प्रश्नोत्तर कार्यक्रम रहेको थियो, जस अन्र्तगत गाउँपालिकाले संकलन गरेको नागरिक प्रतिवेदनको नतिजा प्रस्तुत गरिएको थियो । सहभागिहरुबाट उठेका बिभिन्न प्रश्नहरुको सम्बन्धित शाखा प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतले जवाफ दिनुभएको थियो ।


त्यसपछि कार्यक्रमको अन्तिम खण्ड मन्तब्यको कार्यक्रम रहेको थियो । मन्तव्यको क्रममा बिभिन्न राजनितिक दलका प्रमुख एंव प्रतिनिधिहरु, सबै वडाअध्यक्षहरुले मन्तव्य राख्नु भएको थियो ।
मन्तब्यकै क्रममा प्रमुख प्रशासकीय अधिकृत नेत्रराज गिरी तथा गाउँपालिका उपाध्यक्ष सिर्जना लामाले गाउँपालिकाले गरेको कार्यक्रमहरु तथा कार्यहरु संक्षेपमा राख्नु भएको थिया भने कार्यक्रमको समापन सहित आफनो भनाई गाउँपालिका अध्यक्ष नुर्बु स्याङबो घलेले नौकुण्ड गाउँपालिकाले बिभिन्न योजना तथा कार्यक्रमहरु संचालन गर्दा सबै जनप्रतिनिधिहरुको सहयोग रहेको तथा आफनो ५ वर्षे कार्यकाल सफल रहेको बताउनुका साथै कार्यक्रमको समापन गर्नु भएको थियो । कार्यक्रमको संचालन पूर्णिमा कार्यक्रमका योजना सल्लाहकार गेहेन्द्र बमले गर्नु भएको थियो
प्रतिक्रिया
सम्बन्धित समाचार
