आइतवार, साउन १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

रसुवामा पहिलो पटक पर्यटन तथा धार्मिक प्रवर्द्धनको लागि बौद्ध धर्म शिक्षा आग्म वाचन हुने


  • माउन्टेन खबर
  • मङ्लबार, पुस २०, २०७८
  • 1.0K
    SHARES

रसुवा,२० पुस।  जिल्लाको नौकुण्ड गाउँपालिका वडा न.२ यार्सा स्थित श्री तारणा घ्याङ गुम्बाको आयोजनामा पर्यटन प्रवर्द्धन तथा आगमन बढाउने उदेश्यले स्थानीय स्तरमा बौद्ध शिक्षा त्रिपिटक ग्रन्थ अन्तर्गतको ूकाजोग्पा क्षेन्पो याङ्स्याब कोन्क्षोग चिदुईू को शिक्षा र वाचन कार्यक्रम गर्ने भएको छ।

बुद्ध धर्ममा त्रिपिटक सबैभन्दा महत्वपूर्ण र ठूलो ग्रन्थ हो।रसुवामा पहिलोपटक उक्त कार्यक्रम गर्न लागिएको हो।
बौद्ध धर्म प्रवर्द्धक श्री गारवाङ रेन्पोक्षे ज्यू को बाहुली बाट उक्त ग्रन्थको वाचन गरि शिक्षा दिने कार्यक्रम रहेको आयोजक समितिको प्रमुख लाक्पा लामाले बताए।

कार्यक्रममा जिल्लाको विभिन्न स्थानबाट करिब ५ सय जना भिक्षुहरुको उपस्थित हुने उनले बताए।

यस कार्यक्रमले बौद्ध धर्म सम्बन्धी स्थानीय भिक्षुहरुलाई शिक्षा दिने र शिक्षा लिए पश्चात् प्रमाणपत्र समेत बितरण गर्ने लामाले बताए।
यस्ता खालको कार्यक्रमले स्थानीय स्तरमा धार्मिक बाताबरण निर्माण र पर्यटक आवगमनमा समेत वृद्धि हुने उनले बताए।
बौद्ध शिक्षा वाचन कार्यक्रमको उदघाटन पौष २८ गतेको दिन प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसको केन्द्रिय सदस्य ई।मोहन आचार्यको प्रमुख अथिथ्यमा हुने भएको हो।

कार्यक्रम माघ ३ गते सम्म संचालन हुने आयोजक समितिले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)