बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कर्णाली प्रदेशसभाको बैठक भोलि बस्दै


  • माउन्टेन खबर
  • मङ्लबार, पुस २७, २०७८
  • 672
    SHARES

२७ पुस, कर्णाली । कर्णाली प्रदेशसभाको नवौं अधिवेशन आह्वान गरिएको छ । प्रदेशसभा सचिवालयले भोलि पुस २८ गतेका लागि अधिवेशन आह्वान गरेको हो । नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम कर्णाली प्रदेश प्रमुख तिलक परियारले प्रदेशसभाको नवौं अधिवेशन आह्वान गर्ने निर्णय भएअनुसार पुस २८ गतेका लागि दिउसो ३ बजे प्रदेशसभाको बैठक बोलाइएको प्रदेशसभा सचिवालयका कानुन अधिकृत मदन खड्काले जानकारी दिनुभयो ।

उहाँ अनुसार कर्णाली प्रदेशसभा नियमावली २०७४ को नियम ३ को उपनियम ३ बमोजिम प्रदेशसभा सदस्यलाई सूचना गरिएको छ । यसअघि मुख्यमन्त्री जीवनबहादुर शाहीको विश्वासको मत लिने प्रयोजनका लागि गत मङ्सिर १४ बोलाइएको बैठक प्रतिपक्षी दल नेकपा (एमाले) उपस्थिति नभएका कारण यसको भोलिपल्ट मङ्सिर १४ गते प्रदेशसभा बैठक बसालिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)