बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बहुजाति, बहुसांस्कृतिक, बहुधार्मिक, बहुभाषिक विविधताले नेपालको राष्ट्रिय एकता र सद्भाव कायम गरेको छ”: कर्णाली प्रदेश प्रमुख


  • माउन्टेन खबर
  • शनिबार, माघ १, २०७८
  • 526
    SHARES

कर्णाली, १ माघ । कर्णाली प्रदेश प्रमुख तिलक परियारले थारु समुदायले मनाउने माघी र मगर समुदायले मनाउने माघे सङ्क्रान्तिको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।

‘माघी तथा माघे सङ्क्रान्ति’को अवसरमा प्रदेश प्रमुख परियारले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्णमा नेपाली तथा कर्णालीवासीमा शुभकामना व्यक्त गर्नुभएको हो । “बहुजाति, बहुसांस्कृतिक, बहुधार्मिक, बहुभाषिक विविधताले नेपालको राष्ट्रिय एकता र सद्भाव कायम गरेको छ”, उहाँले भन्नुभयो, “यो पर्वले पनि पारस्पारिक मित्रता र सहिष्णुता अभिवृद्धि गर्दै आएको छ ।”

प्रदेश प्रमुख परियाले तरुल, सख्खरखण्ड, लड्डु, माछा, मासुजस्ता परिकार खाने, नाचागन गर्ने, पोखरी, दह तथा तलाउमा गएर नुहाउने र नाचगान गर्दै धुमधामका साथ मनाउने यस पर्वले नेपालको सांस्कृतिक विविधतामा महत्वपूर्ण स्थान ओगटेको बताउनुभएको छ । उहाँले सांस्कृतिक पर्वहरुले हाम्रो पहिचान र मौलिकतालाई उजागर गरेको भन्दै थारु तथा मगर समुदायको यस पर्वले आपसी भाइचारा तथा बन्धुत्व कायम भई मुलुकको समृद्धि र विकास गर्ने प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)