शनिबार, भदौ २७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

काँग्रेस धनुषामा सन्तोष यादव संस्थापनका सभापतिका उम्मेदवार


  • माउन्टेन खबर
  • शनिबार, माघ १, २०७८
  • 704
    SHARES

काठमाडौं , १ माघ । नेपाली काँग्रेस संस्थापन पक्षले धनुषा जिल्ला सभापतिको उम्मेदवारमा सन्तोष यादवलाई अघि सारेको छ । रोल…

नेपाली काँग्रेस धनुषामा जिल्ला अधिवेशन हुँदैछ । सोही अधिवेशनका लागि पार्टी सभापति शेरबहादुर देउवा पक्षधर नेताहरुको भेलाबाट यादवलाई सभापतिमा उम्मेदवार बनाउने निर्णय गरिएको केन्द्रिय सदस्य रमेश रिजालले जानकारी दिनुभयो । उहाँले पार्टीलाई आउने निर्वाचनमा बलियो बनाउनुपर्ने आवश्यकता रहेको बताउदै यसको लागि युवा र काम गर्ने व्यक्तिको आवश्यकता रहेकाले यादवलाई सभापतिको उम्मेदवार बनाउने निर्णय गर्नु परेको पनि बताउनु भयो । यादव सबैभन्दा योग्य व्यक्ति रहेको कारणले सबैसँग छलफल गरेर उम्मेदवार बनाउने निर्णय लिएको नेता रिजालको भनाई छ ।

भेलामा बोल्दै काग्रेस नेता आनन्द ढुंगानाले अहिलेपनि लोकतन्त्रलाई संस्थागत गर्नुपर्ने दायित्व नेपाली काग्रेसको काँधमा रहेको बताउनु भयो । उहाँले नेपाली काँग्रेसको नेतृत्वमा संविधानको सफल कार्यान्वयन र निर्वाचन आवश्यक रहेको बताउनुभयो । ढुंगानाले संविधानलाई बलियो बनाउनुको साथसाथै संघीयताको संस्थागत विकासमा समेत काँग्रेसको काँधमा दायित्व आएको बताउनुभयो ।

त्यसैगरि काँग्रेसका सहमहामन्त्री महेन्द्र यादवले पार्टी विधि र प्रक्रिया अनुसार चल्नुपर्ने आवश्यकता रहेको औल्याउदै अहिले लोकतन्त्रको पर्यायवाची नै आफनो पार्टी भएको जिकिर गर्नु भयो । उहाले अहिले पार्टीलाई गुटगत भन्दापनि सबैको मन जित्ने खालको नेतृत्वको आवश्यकता रहेको औंल्याउनुभयो । यादवले युवाको काँधमा जिम्मेवारी आउँदा आउने निर्वाचनमा जिताउने समेत बताउनुभयो ।

काग्रेस प्रदेश नम्बर २ का अध्यक्ष कृष्ण यादवले तीन वटै तहको निर्वाचनमा पार्टीलाई कसरी बलियो बनाउने त्यो दायित्व रहेको बताउनुभएको थियो भने सभापतिका उम्मेदवार सन्तोष यादवले आफू विजयी भए पार्टीलाई एकतावद्ध बनाएर लैजाने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

यादवले विगतमा पार्टी आफ्नै कमजोरीको कारणले तिन तहको निर्वाचनमा पराजित भएको बताउदै संगठनलाई बलियो बनाउने एक मात्र आफनो अभियान रहने समेत बताउनुभयो । यता, नेता विमलेन्द्र निधि पक्षबाट योगेन्द्र पंजियारले सभापतिमा उम्मेदवारी घोषणा गरिसक्नु भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)