बिहिबार, बैशाख २०, २०८१

राष्ट्रियसभा निर्वाचनको मौनअवधि आज रातीबाट शुरु


  • माउन्टेन खबर
  • आइतवार, माघ ९, २०७८
  • 385
    SHARES

९ माघ, काठमाडौं । राष्ट्रियसभा निर्वाचन अन्तर्गत आज (आईतबार) राती १२ बजेबाट मौनावधि शुरु हुने भएको छ ।

निर्वाचन आायेगले माघ १२ गते हुने राष्ट्रियसभाको निर्वाचनको लागि आईतबार राती १२ बजेबाट मौनावधि शुरु हुने जानकारी गराएको हो । निर्वाचन आयोगका सहसचिव तथा सहप्रवक्ता कोमलप्रसाद धमलाले मौनावधि एउटा नैतिक बन्धन र कानूनी हतियार भएकोले आयोगले निर्वाचनको आचारसंहीता सार्वजनिक गरेको बताउनु भयो । उहाँले यस समयमा निर्वाचनको मतदान हुने तीन सय वरपरको स्थानमा भएका पर्चा, पम्प्लेट र पोस्टरहरु हटाइनु पर्ने बताउनु भयो । सहसचिव धमलाले आजबाट विभिन्न सामाजिक सञ्जालबाट प्रचारप्रसार एवं प्रकाशनका कामहरु गर्न बन्द भएको बताउनु भयो । उहाँले राष्ट्रियसभा निर्वाचनको लागि आवश्यक सम्पूर्ण तयारी सकिसकेको बताउनु भयो ।

सहसचिव धमलाले भन्नुभयो, ‘निर्वाचन सञ्चालन गर्न आचारसंहीता भन्ने एउटा नियम हो । यो एउटा नैतिक बन्धन हो र सँगै एउटा कानूनि हतियार पनि हो । कुनै पनि निर्वाचनमा निर्वाचन आचारसंहीता लागू हुन्छ । तथापि अहिलेको राष्ट्रियसभाको निर्वाचन आम मतदाताहरु संलग्न नहुने, सहभागी नहुने र प्रचारप्रसार इत्यादिको हिसावले पनि त्यो पैमानामा नहुने भएकोले आचारसंहीता उल्लंघन भएका घटनाहरु न त उजुरी नै आएका छन् न त आउने परिस्थती पनि छ जस्तो लाग्दैन । झन अहिले त कोभिडको कारणले गर्दा जमघट, भेला हुने कुरा डिस्करेज हुने भइरहेको छ । तथापि आयोगले निर्वाचन हो, निर्वाचनमा आचारसंहीता लागू गर्नुपर्छ, भन्ने हिसावले यो आचारसंहीता लागू भएको छ । आज (आईतबार) राती १२ बजेबाट आचारसंहीताको मौन अवधि शुरु हुन्छ । मौन अवधिमा अरु कुराका अतिरिक्त, सबै प्रचारप्रसार कार्यहरु बन्द गर्नुपर्छ । निर्वाचनको मतदान हुने ठाउँको ३ सय मिटर वरिपरि केही पर्चा, पोस्टर, पम्प्लेटहरु त्यस्तो टाँसेका छन् भने हटाउनु पर्छ । त्यो मौन अवधिमा जस्ते एसएमएस गर्ने, फेसबुकबाट, भाइबर, ट्वीटर इत्यादिबाट सोसल मिडियाको प्रयोग गरेर जुन प्रचरप्रसार गर्ने कुराहरु हुन्छन् ती कुराहरु सबै बन्द गर्नुपर्ने हुन्छ । र राजनीतिक दलको, उम्मेदवारको, प्रचारप्रसार गर्ने र खास गरी प्रकाशन गर्ने पेपरहरुले पनि त्यो गर्न मिल्दैन । अरु कुराको अतिरिक्त, अरु गर्नु नहुने कुरा त छँदैछन् । मौनअवधि शुरु भएपछि यी कुराहरु गर्न मिल्दैन । निर्वाचन आयोगले आफ्ना सबै तयारीहरु पूरा गरेको छ । मतपत्रहरु सम्बन्धित निर्वाचन अधिकृतसँग पुगेको छ । कर्मचारीहरु खटिसक्नु भएको छ । कोभिडको संक्रमण बढ्दै गरेको पिक टाइममा निर्वाचन हुँदैछ, त्यसमा उच्च शतर्कता अपनाउनु पर्ने हुन्छ । त्यसरी चुनाव गर्नका लागि आयोगले २१ बुँदे स्वास्थ्यका मापदण्डसम्बन्धी निर्देशनहरु पठाएको छ । त्यसअनुसार अनुशासित र सुव्यवस्थित नमुना योग्य निर्वाचन हुने विश्वास हामीले गरेका छौँ ।’

सहसचिव धमलाले राष्ट्रियसभाको निर्वाचनमा आयोगले निर्देशित गरेका २१ बूँदे स्वास्थ्यका मापदण्डको पूर्ण पालना गरिने र निर्वाचन अनुशासित र सुव्यवस्थित ढंगले सम्पन्न हुने बताउनु भयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }