बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बैतडीमा बालबालिकालाई आजबाट मोडर्नाको दोस्रो मात्रा


  • माउन्टेन खबर
  • सोमवार, माघ १७, २०७८
  • 341
    SHARES

१७ माघ, बैतडी । बैतडीका बालबालिकालाई आजदेखि मोडर्ना खोपको दोस्रो मात्रा दिन सुरु गरिएको छ । बाह्रदेखि १७ वर्ष उमेर समूहका बालबालिकालाई मोडर्ना खोपको दोस्रो मात्रा दिन थालिएको हो ।

गत महिना मोडर्नाको पहिलो मात्रा लगाएका बालबालिकालाई दोस्रो मात्रा दिन लागिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी हरिश भट्टले जानकारी दिनुभयो । सबै स्थानीय तहमा खोप पठाइएको छ । गत महिना ३२ हजारभन्दा बढी बालबालिकालाई मोडर्नाको पहिलो मात्रा दिइएको थियो ।

स्थानीय तहले सम्बन्धित विद्यालयसँग समन्वय गरी खोप अभियान थालेको हो । प्रत्येक स्थानीय तहका विद्यालयमै र नजिकको स्वास्थ्य संस्थामा खोप केन्द्र राखिएको छ । खोप लगाउन ३२ हजार डोजको व्यवस्था गरिएको भट्टले बताउनुभयो । जिल्लामा हालसम्म एक लाख ४० हजार २२५ जनाले खोपको पहिलो मात्रा तथा एक लाख ६ हजार २५२ जनाले खोपको पूर्ण मात्रा लगाएका छन् । कोरोनाका कारण हालसम्म १९ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)