बुधबार, बैशाख २६, २०८१

शिक्षक संघका नेता र नेविसंघ पूर्व जिल्ला अध्यक्ष काँग्रेस वी.पी. मा  


  • माउन्टेन खबर
  • बिहिबार, माघ २०, २०७८
  • 615
    SHARES

काठमाडौँ, २० माघ । नेपाली काँग्रेस निकट शिक्षक संघका नेता तथा नेपाल प्रथामिक शिक्षक संघका संस्थापक अध्यक्ष रुद्र प्रसाद सापकोटा र नेविसंघ पाचथर जिल्ला पूर्व अध्यक्ष तथा समाजसेवी चन्द्रकला बास्कोटा नेपाली काँग्रेसको सदस्य परित्याग गर्दै नेपाली काँग्रेस (वी.पी.) को सदस्यता लिनु भएको छ |

आज पार्टी कार्यालय सामाखुशीमा आयोजित एक कार्यक्रमा पार्टीका बरिष्ठ उप-सभापति गोविन्द प्रसाद शर्मा, उप-सभापतिद्वय पुष्पराज पराजुली र भरत राज शर्मा, महामन्त्री भक्त राज भुसाल, केन्द्रिय सदस्य दिपक कार्की, योगराज पोख्रेल, श्याम बहादुर गुरुङ, मीना भारती, लगाएत केन्द्रिय सदस्य तथा भातृ तथा सुभेच्छुक संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु एवं पूर्व सभासद मिठाराम विश्वकर्माको सहभागिता थियो |

पार्टी प्रवेश कार्यक्राम पूर्व सभासद विश्वकर्माले शिक्षक नेता सापकोटाको राजनैतिक जीवनीको चर्चा गर्नु भएको थियो | उहाँहरुलाई बरिष्ठ उप-सभापति, उप-सभापति, महामन्त्रीबाट टिका तथा खादा लगाएर पार्टीका स्वागत गर्दै सदस्यता प्रदान गर्नु भएको थियो |

सदस्यता लिनु हुदै शिक्षक नेता सापकोटाले नेपाली काँग्रेसले वी पीको विचार छोडेको बताउनु भएको थियो | उहाँले अहिलेको सरकार नेपाली जनताको नभएको र वी पी को विचारमा हिडेको दाबी गर्ने पार्टीले अदालतबाट परमादेश जारि गरि भएको प्रधामन्त्री भएकोले नेपाली काँग्रेसले प्रजातन्त्र र वी पी को नाम लिन नसुहाउने दाबी गर्नु भयो | सापकोटाले अब सम्पूर्ण वी पी वादी र प्रजातन्त्रवादीहरु नेपाली काँग्रेस (वी.पी.) मा आवद्व हुन आग्रह गर्नु भयो | सदस्यता लिनु हुदै बास्कोटाले नेपाली काँग्रेसमा विचार र सिद्वान्त भन्दालाई वेवास्ता गरि पद तथा गुटबन्दीमा हावी भएको र नेपाली काँग्रेसले देश र जनताको पक्षमा काम गर्न नसकेको बताउदै नेपाली काँग्रेसको सदस्यता परित्याग गरि नेपाली काँग्रेस (वी.पी.) ले वी पी को सिद्वान्तलाई आत्मसाथ गरेको भन्दै नेपाली काँग्रेस (वी.पी.) मा आवद्व भएको बताउनु भयो |

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }