बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बैतडीमा नौ मतदानस्थल थपिए


  • माउन्टेन खबर
  • बुधबार, फाल्गुन ४, २०७८
  • 568
    SHARES

४ फागुन, बैतडी । आगामी स्थानीय तहको निर्वाचनका लागि जिल्लामा नौ मतदानस्थल थपिएका छन्् । मतदाता सङ्ख्या बढी भएको र भौगोलिकरूपमा टाढा रहेका स्थानमा मतदानस्थल थप गरिएका हुन् ।

जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फँुयालले जिल्लाको पाटन, मेलौली र पुर्चौंडी नगरपालिका, सिगास, पञ्चेश्वर तथा डिलाशैनी गाउँपालिकामा मतदानस्थल थपिएका जानकारी दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी संयोजक रहेको मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकन समितिले यी मतदानस्थललाई थप गर्ने निर्णयसहित गत वर्ष निर्वाचन आयोगलाई सिफारिस गरेको थियो ।

यसैबीच जिल्लाको दुईवटा मतदानस्थललाई सार्ने निर्णय पनि भएको छ । दोगडाकेदार गाउँपालिका–४ मा रहेको हुनैनाथ आधारभूत विद्यालयमा रहेको मतदानस्थललाई पञ्चकोटी आधारभूत विद्यालयमा सारिएको छ भने मेलौलीमा रहेको मणिलेक माध्यमिक विद्यालयको मतदानस्थललाई सारेर वडा नं १ को जनचेतना आधारभूत विद्यालयमा राख्न सिफारिस गरिएको हो ।

विसं २०७४ को प्रतिनिधिसभाको निर्वाचनका बेला १२० मतदानस्थल रहेकामा नौ बढेर अब १२९ मतदानस्थल भएका छन् । बैतडीमा एक लाख ५० हजार बढीले फोटोसहितको मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएको निर्वाचन कार्यालयले जनाएको छ । स्थानीय तहको निर्वाचनको आन्तरिक तयारीसमेत थालिएको जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)