शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

मन्त्री भ्रमणमा गएपछि प्रदेश १ को बैठक एक साता पर सारियो


  • माउन्टेन खबर
  • मङ्लबार, फाल्गुन १०, २०७८
  • 375
    SHARES

१० फागुन, काठमाडौं । मधेस प्रदेशसभा बैठक आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साह पारिवारिक भ्रमणमा भारत गएपछि फागुन २२ गतेसम्मका लागि स्थगित गरिएको छ ।

प्रदेश प्रहरी ऐन कार्यान्वयनसम्बन्धी संकल्प प्रस्तावमाथि छलफल गर्न आज मंगलबार दिउँसो बोलाईएको बैठकमा मन्त्री साह अनुपस्थित हुने भएपछि फागुन २२ गतेसम्मका लागि स्थगित गरिएको हो ।

सञ्चारमन्त्री साहले गत २६ माघमा पेस गरेको सो प्रस्तावबारेमा छलफल गर्न प्रदेशसभाको बैठक मंगलबार दिउँसो २ बजेका लागि बोलाइएको थियो । गत १ फागुनमा सो विषयमा छलफल गर्ने भनिए पनि प्रावधिक कारण देखाउँदै स्थगित भएको बैठक कार्यसूचीमा छलफल ९ दिनपछि पुनः सुरु हुने तय भएकोथियो ।

तर, मन्त्रीको पारिवारिक भारत भ्रमणका कारण संकल्प प्रस्तावमाथिको छलफल थप १२ दिनपछि धकेलिएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)