शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

ताराले शुरु गर्यो इलाममा पहिलो व्यवसायिक उडान


  • माउन्टेन खबर
  • बुधबार, फाल्गुन ११, २०७८
  • 898
    SHARES

११ फागुन, काठमाडौं । यती एअरलाईन्सको भगिनी संस्था तारा एअरले इलामको फाल्गुनन्द सुकिलुम्बा एअरपोर्टमा आजबाट व्यावसायिक उडान शुरु गरेको छ । फाल्गुनन्द सुकिलुम्बा बिमानस्थलको धावनमार्ग पक्की बनिसकेपछी तारा एअरको र इलाम जिल्लाकै पहिलो नियमित व्यावसायिक उडान सफलतापुर्बक सम्पन्न भएको हो ।

तारा एअरले नेपाल पर्यटन बोर्ड, इलाम नगरपालिका र पर्यटन व्यवसायीको सहकार्यमा यो उडान गरेको एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत अनुज रिमालले बताउनु भयो । उहाँले विमानस्थल निरन्तर उडानका लागि प्रतिवद्ध रहेकोसमेत बताउनु भयो ।

प्रमुख कार्यकारी अधिकृत रिमालले भन्नुभयो, ‘कमर्सियल फ्लाइट आजबाट शुरु भएको छ, त्यसलाई निरन्तरता दिनेछौँ । तपाईहरुको उपस्थिति, जहाज आउँदाको उत्सुकता देखेँ मलाई झनै प्रतिवद्ध हुने उत्सुकता आयो । इलामवासीको साथ र सहयोग भए निरन्तर उडान भर्न सकिन्छ ।’

तारा एअरको नाईन एनएलओ टुइनअटर वायुयान बिहान १०:४० बजे त्रिभुवन अन्तरास्ट्रिय विमानस्थल बाट उडेर ११:२७ मा सुकिलुम्बा एअरपोर्टमा अवतरण गरेको थियो ।

तारा एअरले नेपाल पर्यटन बोर्ड, इलाम नगरपालिका र पर्यटन व्यवसायीको सहकार्यमा यो उडान गरेको हो । पर्यटन वोर्डका उपाध्यक्ष चन्द्र रिजाल, टानका अध्यक्ष अच्युत गुरागाई, होटल एसोसिएसनका उपाध्यक्ष विनायक शाह सहितको पर्यटन व्यबसायी लगायत यात्रु तथा तारा एअरका प्राबिधिक टोलि गरि १४ जना यात्रुहरू पहिलो व्यबसायिक उडानमा सहभागी भएका थिए ।

६ सय ७० मिटर लम्बाइ र २० मिटर चौडाइ रहेको यो विमानस्थलमा पक्की धावनमार्ग बन्नु अघि २०७५ जेठ २१ गते तारा एअरले नै पहिलो परीक्षण उडान गरेको थियो।

आजबाट पहिलो व्यबसायिक उडान सुरु गरेको तारा एअरले आईतवार र बिहिवार हप्तामा दुईदिन नियमित उडान गर्ने जानकारी तारा एअरका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिनुभयो । वहाँका अनुसार कम्पनीले यो गन्तव्यमा प्रमोशनल फेयर अन्तर्गत ८ हजार ७ सय रुपैयाँ भाडादर निर्धारण गरिएको छ । उहाँका अनुसार यो गन्तव्यको उडान दुरी करिव एक घण्टाको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)