शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सिमसार जोगाउन कोशी टप्पु क्षेत्रको ४५ हेक्टर क्षेत्र हराभरा पारिँदै


  • माउन्टेन खबर
  • बिहिबार, चैत्र १०, २०७८
  • 890
    SHARES

१० चैत, काठमाडौं । मासिदो क्रममा रहेको सिमसार जोगाउन कोशी टप्पु वन्यजन्तु आरक्ष अन्र्तगत रहेको मध्यवर्ती क्षेत्रको ४५ हेक्टर क्षेत्र सफाईको काम थालिएको छ ।

सिमसार मासिदा लोप हुन थालेका माछा र चरासहितका सरिसृप प्रजाति जोगाउने उद्देश्यले आरक्ष हातासँगै मध्यवर्ती क्षेत्रमा पर्ने सिमसार क्षेत्र संरक्षणको काम अघि बढाइएको हो । संरक्षण अन्र्तगतको काममा सिमसारमा आश्रित समूदायलाई रोजगारी प्रदान गरिएको छ । जीविकोपार्जन सहयोगका रुपमा स्थानीय जनशक्ति परिचालन गरी सिमसारबाट जलकुम्भीका साथै मिचाहा प्रजातिका झारपात हटाउने कार्यलाई अघि बढाइएको छ । सिमसार सफाई थालेसँगै स्थानीयले परिवर्तनको आभाष समेत गर्न थालेका छन । हराउँदै गएका माछा र चराको विचरण बढ्न थालेको उनीहरु बताउँछन ।

संरक्षित क्षेत्रका रुपमा रहेको कोशी टप्पुको सिमसार क्षेत्र पछिल्लो समय भने जलकुम्भी र मिचाहा प्रजातिका कारण मासिदो क्रममा छ । सफाईको क्रममा सिमसार क्षेत्रबाट निकालिएको जलकुम्भीलाई कम्पोष्ट मल बनाउने गरी तयारी समेत गरिएको छ ।

मावन र वन्यजन्तु बीचको द्धन्द्ध अन्त्य गर्दै चरा र वन्यजन्तुको संरक्षणको उद्देश्य साथ कोशी टप्पु टु कन्चनजंगा बेल्ट परियोजना अन्र्तगत कोशी टप्पुमा संरक्षणका काम अघि बढाइदै आइएको हो । परियोजना अन्र्तगत सिमसार क्षेत्र बढाउन ४५ हेक्टर जग्गा खरिद समेत गरी सकिएको छ । थप जग्गा खरीदको क्रम समेत अघि बढाइएको छ । सिमसार तथा सिमसारमा आश्रित जलचर र जीवजन्तुको संरक्षण गर्नु बेल्टको प्रमुख उद्देश्य रहेको छ । बेल्ट अन्र्तगत सुनसरीतर्फको सिमसार संरक्षण तथा त्यसको प्रर्वद्धनको जिम्मेबारीको काम भने कोशी टप्पु लर्निङ ग्राउण्डले हेर्दै आएको छ ।

क्षेत्र विस्तारसँगै सिमसारलाई २०६५ मा कोशी बाँँध फुट्नु पूर्वको अवस्थामा फर्काउन केटीके बेल्ट र भर्टिकल वायोडाईभसिटी फण्डले सो क्षेत्रमा ठूलो धनराशी खर्च गर्दैछ ।

वातावरणीय परिवर्तन र जैविक विविधताको संरक्षणमा बैज्ञानिक विधि अवलम्बन गर्दै अघि बढ्ने लक्ष्य लिएको परियोजनाले सिमसार सफाई, क्षेत्र विस्तार र अध्ययन अनुसन्धानको काम अघि बढाउदै लगेको छ । त्यसका साथै माछा तथा चरासँगै सिमसारमा आश्रित जीवजन्तुको वासस्थान पहिल्याउँदै दिगो संरक्षणमा जोड दिन नेपाल र भारत दुई देश सम्मिलित विज्ञ टोलीले अध्ययन तथा अनुसन्धानको काम थाल्ने गरी तयारी समेत थालेको कोशी टप्पु लर्निङ ग्राउण्डले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)