१३ चैत, काठमाडौं । प्रदेश नंं. १को प्रदेशसभाको चालू हिउँदे अधिवेशन अन्त्य भएको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशसभाको चालू हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो ।
प्रदेश नं.१ मन्त्रिपरिषद्को सिफारिस बमोजिम प्रदेश प्रमुख परशुराम खापुङ्गले नेपालको संविधानको धारा १८३ को उपधारा(२) बमोजिम आज राति १२ बजेदेखि प्रदेश सभाको नवौं तथा चालू हिउँदे अधिवेशन अन्त्य गर्नुभएको छ ।
