बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

दुई जिल्लाको सुरक्षा समन्वय बैठक स्थानीय निर्वाचन केन्द्रित


  • माउन्टेन खबर
  • बुधबार, बैशाख १४, २०७९
  • 679
    SHARES

१४ बैशाख, काठमाडौं । बैतडी र दार्चुलाको अन्तरजिल्ला समन्वय बैठक मङ्गलबार सम्पन्न भएको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखेर दुवै जिल्लाका अधिकारीबीच समन्वय बैठक दार्चुलाको बलाँचमा भएको हो ।

बैठकमा स्थानीय तह निर्वाचनको शान्ति सुरक्षा, भारतसँगको समन्वयलगायतका विषयमा छलफल भएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले बताउनुभयो । यस्तै असल अभ्यास आदान–प्रदान, विपद् व्यवस्थापन, अवैध हातहतियार नियन्त्रण, लागुऔषध नियन्त्रण, वनपैदावार चोरी निकासी नियन्त्रण, वन्यजन्तु चोरी–शिकारी नियन्त्रणका विषयमा पनि बैठकमा छलफल भएको छ ।

बैठकमा बैतडीका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेय, दार्चुला प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय र दुवै जिल्लाका चारवटै सुरक्षा निकायका प्रमुखको सहभागिता थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)