सोमवार, जेष्ठ ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

अब रोबोटले दिमागमा गएर मानसिक रोगको उपचार गर्ने


  • माउन्टेन खबर
  • बुधबार, बैशाख २८, २०७९
  • 501
    SHARES

काठमाडौं ,२८ वैशाख

मानसिक रोगहरु ठिक पार्नका लागि मानिसको दिमागमा रोबोट पठाउने कुरा झट्ट सुन्दा कुनै साइन्स फिक्शन फिल्मको कुरा जस्तो लाग्न सक्छ। तर अमेरिकाको क्यालिफोर्नियामा रहेको बायोनट ल्याब्सले यो कुरालाई मूर्तरुप दिने भएको छ।

कम्पनीका अनुसार आगामी दुई वर्षमा मानिसहरुमा यो प्रविधिको क्लिनिकल ट्रायल वा परीक्षण गर्ने बताइएको छ।

माइक्रोरोबोट्स नाम दिइएका यी रोबोट गोली आकारका साना धातुका सिलिण्डर हुन्। यिनिहरुले पहिलले बाट नै प्रोग्राम गरिएको प्रक्रियालाई अनुसरण गर्छन्।

बायोनट ल्याब्सका सीईओ माइकल शपिगेलमाकरका अनुसार यी रोबोटहरु यति सूक्ष्म छन् कि यिनीहरुलाई इन्जेक्शनको सहायताले मानिसको शरीरमा पठाउन सकिन्छ।

यसपछि चुम्बकको सहायताले दिमागतर्फ मार्गनिर्देश गर्न सकिने भास्कर डटकमले जनाएको छ।

माइकलका अनुसार माइक्रोरोबोटको सबैभन्दा राम्रो उदाहरण सन् १९६६ मा आएको फिल्म फेन्टास्टिक भोयज हो जसमा वैज्ञानिकको टोली एउटा सूक्ष्म अन्तरिक्षयानमा बसेर दिमागभित्र जमेको रगतको डल्लो हटाउन जान्छन्।

बायोनट ल्याब्सले जर्मनीको म्याक्स प्लांक रिसर्च इन्स्टिट्यूटसँग मिलेर यो रोबोट डेभलप गरेको हो।

यी रोबोटलाई दिमागतिर पठाउनका लागि ल्याबले अल्ट्रासोनिक या अप्टिकल इनर्जीको सट्टा म्याग्नेटिक इनर्जीको प्रयोग गरेको छ। यसले शरीरलाई कुनै हानी नपुर्याउने बुझिएको छ।

यी म्याग्नेटिक क्वाइल बिरामीको टाउकोमा लगाएर कम्प्युटरसँग जोडिन्छ। यसको सहायताले रोबोटलाई सही दिशामा लैजान सकिने र दिमागको प्रभावित भागलाई ठिक पार्न सकिने भास्कर डटकमले उल्लेख गरेको छ।

यो डिभाइसलाई शरीरको कुनै पनि भागमा लैजान सकिने र यसले एमआरआई स्क्यानको तुलनामा १० देखि १०० गुणा कम बिजुली खपत गर्ने दावी गरिएको छ।

समाचार संस्था एएफपीको एउटा रिपोर्ट अनुसार माइक्रोरोबोटले ड्याण्डी-वाकर सिन्ड्रमको समेत उपचार गर्न सक्छन्।

जनावरमा परीक्षण

माइकलका अनुसार उनको कम्पनीले यो रोबोटलाई भेडा तथा सुँगुरजस्त जनावरमा पनि परीक्षण गरिसकेका छन्।

परीक्षणको नतिजाले यो प्रविधि मानिसका लागि सुरक्षित रहेको देखाएको छ। बायोनट ल्याब्सलाई गत वर्ष अमेरिकाको फूड एन्ड ड्रग एडमिनिस्ट्रेशन एफडीएको पनि इजाजत प्राप्त भइसकेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }