सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

वागमती प्रदेश सभाको बैठक बस्दै


  • माउन्टेन खबर
  • शुक्रबार, जेष्ठ १३, २०७९
  • 338
    SHARES

काठमाडौं, १३ जेठ

आज वागमती प्रदेश सभाको बैठक बस्दैछ ।

बैठक बिहान ११ बजेबाट शुरु हुने बैठक प्रदेश सभाको दशौं अधिवेशनको पहिलो बैठक हो ।

पहिलो बैठकमा प्रमुख प्रतिपक्ष र विभिन्न दलका नेताहरुले शुभकामना सन्देश राख्ने र विभिन्न अध्यादेश पेस गर्ने कार्यतालिका छ भने दोस्रो बैठकमा प्रि बजेटमाथिको छलफल हुनेछ ।

पहिलो बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णप्रसाद खनालले विभूषण सिफारिस तथा सम्मान र पदक सम्बन्धी ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश र स्वास्थ्यमन्त्री निमा लामाले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश सभामा पेस गर्नुहुने भएको छ ।

त्यसैगरी, युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकालले प्रदेश युवा परिषद ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश पेश गर्ने कार्यतालिका छ ।

प्रदेश निजामती सेवा अध्यादेश २०७८ र स्थानीय सेवा (गठन तथा सञ्चालन) अध्यादेश २०७८ पनि संसदमा पेस हुने भएको छ । यी अध्यादेशहरु संसद सञ्चालन नभएको समयमा प्रदेश सरकारले ल्याएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)