सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बागमती प्रदेशको नीति तथा कार्यक्रम आज


  • माउन्टेन खबर
  • सोमवार, जेष्ठ १६, २०७९
  • 878
    SHARES

मकवानपुर, १६ जेठ

बागमती प्रदेशको आगामी आर्थिक वर्ष २०७९-८० को नीति तथा कार्यक्रम आज आउने भएको छ । प्रदेश सरकारले आगामी आ.ब.को नीति तथा कार्यक्रम आज बस्ने प्रदेशसभा बैठकमा प्रस्तुत गर्ने भएको हो ।

आज दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकमा सरकारको तर्फबाट प्रदेश प्रमुख यादवचन्द्र शर्माले संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नु हुनेछ ।

देश संघीयतामा गएपछि पहिलो पटक बनेको प्रदेश सरकारको यो अन्तिम कार्यकाल हो । प्रदेश सरकारले पाचौं पटक नीति तथा कार्यक्रम ल्याउन लागेको भएपनि गठबन्धनको नेतृत्वमा भने पहिलो पटक सदनमा नीति तथा कार्यक्रम आउन लागेको हो ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा प्रदेश सरकारले कृषि, उत्पादन, रोजगारी र आत्मनिर्भरतालाई प्राथमिकतामा राखेको प्रदेश सरकारले बताएको छ ।

यसअघि शुक्रबार बसेको प्रदेशसभा बैठकमा प्रदेश सरकारको तर्फबाट अर्थमन्त्री शालिकराम जम्मकट्टेलले नीति तथा कार्यक्रमको सिद्वान्त र प्राथमिकता संसदमा प्रस्तुत गरिसक्नु भएको छ । उहााँले शुक्रबार संसदमा पेस गरेको प्रि-बजेटमाथी शनिबार सांसदहरुले छलफल गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)