शुक्रबार, जेष्ठ ४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

शताब्दीका खुसीहरू र भाग्यमानी पुस्ता (घाउ आँफैँलाई दुख्छ बाट )


  • गोपी मैनाली
  • शुक्रबार, जेष्ठ २७, २०७९
  • 648
    SHARES

शताब्दीका खुसीहरू र भाग्यमानी पुस्ता

एक्काइसौं शताब्दी सुरु हुनुअगि नै यस शताब्दीमा मानव जीवनले पाउने उपलब्धि र ती उपलब्धि लिनका लागि गरिनुपर्ने तयारीका विषयमा थुप्रै चर्चापरिचर्चा गरिएका थिए । धेरै मानिस खुसीले गदगद भएका थिए– मानव प्रयासका उपलब्धि एक्काइसौं शताब्दीमा यत्रतत्र देखिनेछन् । यसले समस्त मानव जीवनलाई अकल्पनीय अवसर दिनेछ, परिणामतः मानव जीवनले यसअगि कहिल्यै नभोगेको खुसी अनुभूति गर्नेछ ।

केहीको मत थियो– उपलब्धि र अवसर घरआँगनसम्म आइपुगे पनि यो सबैको लागि ती चाँदीको किस्तीमा त्यत्तिकै सजिएर आउनेछैनन्, यसलाई उपभोग गर्न भने खास क्षमता चाहिन्छ– जुन सर्वसाधारणमा हुनेछैन तर धेरैको तर्क थियो शताब्दीका अवसर र खुसी सबैले आआनै आवश्यकता तथा स्वादमा लिनेछन् । दुवैखाले बहस तार्किक थिए तर सत्य यो हो– अहिलेको मानव समुदायले अगिल्लो शताब्दीमा कल्पना नै नगरिएका सुख र खुसी पाएको छ । मानौं स्वर्ग भन्ने केही कुरा छ भने एक्काइसौं शताब्दीले त्यसको अनुभूति जीवनकालमै दिइरहेको छ ।

ठूला मानिसका स्वैरकल्पना पनि मानव प्रयत्नले यथार्थमा परिणत भएका छन्– जसको परिणाम यस शताब्दीको सुख हो । जर्ज अर्वेलको ‘१९८४’, एच जी वेल्सको ‘द ब्रेभ न्यु वल्र्ड’ लगायतका पुस्तकमा गरिएका कल्पनाभन्दा बढी नै उपलब्धि कल्पना गरिएको समयसीमाभन्दा अगि नै पूरा भएको छ ।

त्यसो त अगिल्लो शताब्दीमा पनि तत्कालीन अमेरिकी राष्ट्रपति केनेडीले कसैगरी साठीको दशकभित्रै चन्द्रमामा मानव पाइला (त्यसमा पनि अमेरिकी नागरिकको) टेकिनुपर्छ भन्ने निर्देशनले पनि वैज्ञानिकले केही वर्षभित्रै पूरा गरिदिए । अहिले अगिल्लो शताब्दीमा कल्पनामात्र गरिने अन्तरिक्ष यात्रा पनि सहज रूपमा सम्भव भइसकेको छ । जैविक प्रविधि, क्लोनिङ, टेस्टट्युब बच्चाको जन्मले प्रकृतिमाथि नै मानव प्रयत्नले चुनौती दिइसक्यो ।

गोलाद्र्धका एक कुनाका मानिस क्षणभरमा नै अर्को कुनामा रहेका आफन्तसँग हत्केलामा स्पर्श गरिरहेको छ । ठूल्ठूला वार्ता र संवादका लागि हजारौं माइलको हवाइयात्रा तय गर्नुपर्दैन– ििभडयो कन्फरेन्सले आनै कार्यकक्षबाट सम्भव तुल्याइसकेको छ । विचार र समाचार प्रवाहको मार्ग अनवरत छ ।

आनो आइफोन कोरियाको इन्चेन विमानस्थलमा हराएर चिन्तामा परेका नर्भिक अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भरत रावत आफूसँग भएको आइप्याडबाट नै हराएको आइफोनको ट्र्याक गर्न र कतिपय महङ्खवपूर्ण सूचना अरूले थाहा नपाउनेगरी ब्लक गर्न सफल भए । आइफोन र आइप्याडको आनै सम्बन्ध स्थापित छ । साथी हराउँदा अर्को साथीले खोजेझैँ यिनीहरु एकअर्कालाई खोजखबर गर्न सक्षम छन् ।

यन्त्रयन्त्रको सम्बन्धले एकले अर्कोको क्षतिलाई कसरी बचाउँछ भन्ने सानो उदाहरणमात्र हो यो । यस्ता कैयन् उदाहरण छन्– जसले कल्पनाका कुरालाई क्रमशः यथार्थमा साकार तुल्याउँदै ल्याएको छ । मानौं अब प्रविधिले संवेदना पाइसक्यो । प्रविधिले नै ठूलो र जटिल विश्वलाई सानो अनि सरल बनायो, विश्वलाई सानो सीमाभित्र खुम्च्याएर आफू अनुकूल उपयोग गर्न सम्भव तुल्यायो । कल्पनाको स्वर्ग अब हाम्रो धर्तीमा झरिसक्यो । असीम अवसर र सुखको अवस्था नै स्वर्ग हो भने मानव प्रयत्नले त्यसलाई हाम्रै जीवनमा र अनुभूतिमा सम्भव तुल्याइदिएको छ । योचाहिँ कल्पनाको होइन– यथार्थको स्वर्ग हो । कल्पनाको स्वर्ग छ–छैन, यथार्थमा चाहिँ स्वर्ग भेटिएको छ ।

शताब्दीका सुख कसले उपयोग गरे ? भनिएला अवसर लिनमा जहिले पनि सक्षम र सम्पन्न वर्ग नै खप्पिस छन् । हो पनि तर यस शताब्दीका खुसीको हिस्सेदार प्रायः सबै मानिसहरू बनेका छन् । युवाहरू अग्रपङ्क्तिमा देखिएका छन् । स्वाभाविक रुपमा अवसरको उपभोग युवा उत्साहले बढी नै गर्दछ । युवा उत्कण्ठा र उन्मेदले नै आविष्कार अनि अग्रगमनलाई पनि सहज पार्न सक्छ । प्रविधिमा अभ्यस्त युवाहरू प्रत्येक वर्ष नयाँ पुस्ताका रुपमा बदलिँदै गएका छन् । यो रुपान्तरणको प्रक्रियालाई प्रविधिले सघाएको छ । उसले पढ्ने, बोल्ने, मनोरञ्जन गर्ने, मेहनत गर्ने, व्यवहार शैली सबै बदलिएको छ । लवाइखवाइ, रहनसहन र आशा–अपेक्षाहरू बेग्लै बनेका छन् । ऊ समूहबाट व्यक्तिकेन्द्रित बन्दै गएको छ । मानिसलाई आवश्यकता र अवसरले पनि आफूकेन्द्रित हुन सिकाएको हो ।

स्टिभ जव्स, मार्क जुकरबर्ग, सभिर भाटिया, इलोन मस्कजस्ता कैयन् युवाको आवश्यकता र असन्तोषले युवालाई बढी नै खुसी बनाएको छ । उनीहरूका सिर्जना नै युवा समुदायका लागि अलौकिक अवसर बन्न पुगे । युवाहरू सञ्जालीकृत समाजको सुखसयलमा आबद्ध छन् । प्रेम, खुसी, सद्भाव, सहयोग, संवेदना र प्रयत्न साटफेरलाई टचस्क्रिनबाटै सम्भव तुल्याएको छ । कसले हिसाब गरेको छ यसले कति समय र रकमलाई बचायो भनेर ? युवाहरूलाई थाहा छ उनीहरूले अझैँ थुप्रै खुसी प्राप्त गर्न बाँकी छन् र शताब्दीका प्रविधि शिल्पीले उसका हातमा बाँकी अवसर पनि छिट्टै सुम्पनेछन् । यो क्रमले आकस्मिक नभई अभियान समातेको छ ।

शताब्दीको सुखभोगीमा विद्यार्थीको नाम पनि अगि नै आउँछ । अगिल्लो पुस्ताले पाएको दुख उसका लागि दन्त्यकथा बनिसक्यो र अहिलेको पाठ्यशाला पनि स्वर्गमा परिणत भएको छ । अगिल्लो पुस्ताले प्रयोगमा ल्याएको कालोपाटी, पुस्तक, कापी र कलमहरूले परम्परागत अस्तिव र महङ्खव गुमाउँदै गएका छन् । टचस्क्रिन, नोटप्याड र ससाना चिप्सले विद्यार्थीको भारलाई घटाएको छ । हत्केलामा अटाउने मोबाइल फोनका स्क्रिनमा दर्जनौं पुस्तकका डिजिटल प्रति पढ्न सकिने भएको छ । छडी र डस्टर लिएर विद्यार्थी अगिल्तिर उभिने अजङ्गको शिक्षक अब बिस्तारै हराउँदैछ र कम्प्युटरको पर्दामा विद्यार्थीअनुकूल रूप, समय र शैलीमा शिक्षक आउन थालिसक्यो । माथिल्ला कक्षामा कम्प्युटरले भर्चुअल स्कुलको रूप लिएको छ ।

कृत्रिम बौद्धिकता भरपूर यन्त्रहरु एआई शिक्षक बनेर पढाउन थालेका छन् । बडेमानका पुस्तकालय भर्चुअल पुस्तकालयमा बदलिएर ज्ञानको अथाह सागर घोप्ट्याइरहेका छन् । ज्ञान आर्जनको भौतिक, भौगोलिक र समयसीमा पनि भत्किइसक्यो । नचिताएका सञ्चार र शिक्षणका माध्यम क्रियाशील छन् । यसले पुराणहरूमा उल्लेख गरेको तिलस्मितालाई पनि उछिनेर स्वर्गीय अवस्थाभन्दा अझ माथिल्लो अवसर ल्याएको छ ।

दूर शिक्षण विधिबाट पढ्ने र पढाउने माध्यम खुला छन् । परम्परागत पाठ्यक्रम र पाठ्यशालाका औपचारिक सीमा ज्ञान आर्जनका खातिर बाधक थिए । अहिले जसले जहाँ जति चाहन्छ– त्यतिखेर नै ज्ञान उभाएर लिन सक्छ, हिजोको प्रयासले जिज्ञासुका लागि ‘ब्रेनक्याप’ लगाइदिएको छ । यस शताब्दीले शिक्षाको परिभाषा पनि बदलिदिएको छ, शैक्षिक अनुष्ठानमा निश्चित अवधि लगाएर निर्धारित पाठ्यक्रममा लिने शिक्षा अब शिक्षा होइन– यो जीवनभरिको सिक्ने प्रक्रिया हो । प्लेटो, एस्टिोटल, रुसो र जोहन डिवेले दिएका शिक्षाका परिभाषा अब निकै सङ्कुचित बन्दैछन् । अब शिक्षाले ज्ञानमात्र होइन– सीप दिन सक्नुपर्छ । ताकि जीवन निर्वाहको सीपले उसलाई स्वाभिमान बनाउन सकोस् । आफूलाई भार होइन– सशक्तीकरण गर्न सकोस् ।

आर्थिक गतिविधितर्फ हेरौं । उन्नाइसौ शताब्दीमा सामान्य इन्जिनले ल्याएको तहल्का बीसौं शताब्दीमा इलेक्ट्रोनिक प्रविधिले विस्तार ग¥यो तर एक्काइसौं शताब्दी तेस्रो आर्थिक क्रान्तिका रूपमा देखा प¥यो । वस्तु तथा सेवा उत्पादनका लागि ज्ञान र सूचना यस शताब्दीका कच्चा पदार्थ बने र अर्थतन्त्र ज्ञानमा आधारित भयो । यो प्रक्रिया निरन्तर तीव्र छ ।

उन्नाइसौं शताब्दी युरोपको थियो, उनीहरूले नै वाष्पशक्ति तथा पेट्रोल इन्जिन विकास गरेर तहल्का मच्चाएका थिए । बीसौं शताब्दी अमेरिकाको बन्यो । अव यस शताब्दी उदीयमान एसियाले बाजी मार्ला कि भन्ने भएको छ तर भन्न सकिन्न, अमेरिकीहरू हरेक दृष्टिले एक्काइसौ शताब्दी आनो बनाउन सकिने कुरामा ढुक्क छन् र यसै अनुरुपको अभियानमा पनि । उनीलाई थाहा छ– विगतको आर्थिक सफलता यस शताब्दीका लागि पनि आधार बन्नेछ ।

उता युरोपेलीहरू आनो मुद्दा आर्थिक र औद्योगिकमात्र भएकाले उन्नाइसौंझैँ एक्काइसौं शताब्दी आनो बन्नेमा आशावादी छन् । युरोपेलीहरू संसारकै सबैभन्दा बढी सुखी देखिँदै पनि आएका छन्– जसका कारण पनि यो उन्मेद पूरा नहोला भनेर कसरी भन्ने ?

एसियाली मुलुक अब आनो पालो हो भनेर आर्थिक क्रान्तिको प्रतिस्पर्धामा सक्रिय छन् । यस अभियानलाई साथ दिन जापान, कोरिया र सिङ्गापुरलाई अब चीन, भारत, मलेसिया तथा भियतनामले पछ्याइरहेका छन् तर के भन्न सकिन्छ भने एक्काइसौं शताब्दी कुनै महादेशको नभई सीमाहीन आर्थिक क्रान्तिको रुपमा देखिनेछ र राष्ट्र वा राज्यहरूले भन्दा लगानीकर्ता, अन्वेषक र बहुराष्ट्रिय कम्पनीहरूको हुनेछ । प्रविधिले यसलाई सघाउनेछ । लगानी विश्लेषण, पुँजी प्रवाह, उत्पादन तथा बजारीकरण प्रक्रियादेखि वितरण र उपभोग व्यवस्थापनलाई प्रविधिले सहजीकरण गर्नेछ । त्यसैले यो शताब्दी कसैको नभएर ‘प्रविधि–अर्थतन्त्र’ को शताब्दीका रूपमा स्थापित हुँदैछ ।

यो शताब्दीको अर्थतन्त्र एआइ अर्थतन्त्र बन्नेछ । विश्वको एक कुनाको सम्भावना अर्को कुनाबाट उपयोग हुनेछ, त्यस्तै एक कुनाको आवश्यकता अर्को कुनाको सम्भावनाबाट पूरा हुनेछ । अदृश्य नियमनबाट आर्थिक प्रक्रियाहरू निर्धारित÷नियमित हुँदै जानेछन् । आर्थिक क्रियाकलापमा ज्ञानको हिस्सा बढ्दै जाँदा उत्पादनको गुणस्तर बढ्ने तर लागत र समय घट्दै जानेछ । उत्पादनका प्रक्रियामा स्वच्छ र हरित संयन्त्रको उल्लेख्य प्रयोग हुनेछ– जसले प्रकृतिको सीमित साधन भण्डारलाई पुनरुत्पादन र उपयोग गर्न सघाउनेछ ।

अर्को उल्लेख्य पक्ष भनेको यस शताब्दीमा सामाजिक–राजनीतिक शक्तिलाई आर्थिक शक्तिले विस्थापन गर्दैछ । सूचना मार्गले अपत्यारिलो रूपमा आर्थिक सम्भावनाको दोहन सामथ्र्य बढाउँदै लगेको छ । अब शक्ति राष्ट्रहरू प्रविधि, अन्वेषण र सामाजिक सुरक्षामा केन्द्रित भएर मानव जीवनको सुख विस्तारका लागि सहजकर्ता बन्नेछन् ।

एक्काइसौं शताब्दीमा घरपरिवार तह पनि प्रविधि र ज्ञानको स्वादमा रमाइरहेको छ । भान्छादेखि शयनकक्षसम्म र जन्मदेखि मृत्युसम्म प्रविधिले राम्ररी सघाएको छ । विकसित मुलुकमा सबैजसो जोखिमपूर्ण काममा रोबोट संलग्न भइसके । डेक्सटप पब्लिसिङ, किबोर्ड, थ्रीडी प्रिन्टर्स, रेडियो सिग्नल, भर्चुअल वर्क, भर्चुअल रियालिटी, आईओटी, कृत्रिम बौद्धिकता, थ्रीडी चलचित्र, सिस्टम इन्टरएक्शन आदि मानिसलाई सुख र खुसी पस्किरहेका छन् । कुनै पनि व्यक्ति आनो स्तर र अवस्थाअनुसार खुसी हुन सक्छ । स्कुल जाने बालक सुव्रतले उसको अस्टिनदेखि काठमार्डौसम्मको यात्रालाई रमाइलो बनाउन मनोरञ्जनका लागि खेल र पाठ्यसामग्री मोबाइल स्क्रिनमा कैद गरेछ । सङ्गीतकार आफूअनुकूल कम्पोजका लागि एउटै यन्त्रलाई उपयोग गरिरहेका छन्– लियो सायरा र नारायणगोपालहरू जिउँदै हुन्थे भने उनीहरूको सिर्जनालाई यसले कति सघाउँथ्यो होला ?

एउटै यन्त्रलाई बहुउपयोगमा ल्याउन सकिने गरी निर्माण भएको छ । चालकहीन मोटर निर्माणको काम गुगलले सुरु ग¥यो । बिस्तारै ट्राफिक अपराध र मापसेको लफडा रहनेछैन । आइएफआरबाट हवाइजहाज उडाउनु सामान्य भइसक्यो ।

नेपालकै कुरा गर्ने हो भने पनि केही समयअगि अर्घाखाँचीकी महिलाले रोजगारीका लागि बिदेसिएका आना श्रीमान्सँग बेलुका थकानसँगै स्काइपमार्फत सन्चोबिसन्चो साट्ने गरेको खबर पत्रिकाले छापेका थिए । अब उनलाई हप्तौपछि त्यहाँ पुग्ने चिठी लेख्नुभन्दा फुर्सदमा सानो पर्दासामु उभिनु सजिलो भएको छ । राजनीतिक दलले आना सभाका तस्बिर खिच्न ड्रोन प्रयोग गर्न थालेका छन् । साइबर सर्भिलेन्सले सेवा नियमन गर्न थालिएको छ । टेलिमेडिसिनमार्फत बझाङकी बिमारी महिलाको उपचार काठमाडौंबाट भएथ्यो । बसपार्कका भरिया दाइको हातमा नाम्लोको साथमा मोबाइल पनि छ, गोठाला भाइहरू हँसिया र लौरोको साथ मोबाइलले दिन थाले ।

दिनभरि पसिना बगाउने गृहिणीहरू फुर्सदलाई आआनै तवरले उपयोग गरेर रमाउन सक्ने भएका छन् । परम्परागत बुहारीहरू सिनेमा घरमा चलचित्र हेर्न जानु ठूलो कुरा थियो । अब त्यो अवस्था रहेन । वृद्ध आमाबुबाहरू पुराण, योग र निर्वाण शिक्षा, भजन–कीर्तनको स्वाद छानीछानी लिइरहेका छन् । मनोरञ्जनका लागि उमेर, स्तर, समय, स्वभाव आदिका आधारमा अवसरहरू कोठा र मझेरी अनि पाकेट तथा पोल्टामा छताछुल्ल छन्, ग्याड्जेट अवसरको भरिया बनेको छ ।

दुई दशकअगि मनोरञ्जनका लागि नेपाली समाज गाईजात्रा र रसरङ्ग कार्यक्रम कुरेर बस्थ्यो । ससाना रेडियो विकिरणबाट शरीरको जटिल रोगको उपचार भइरहेको छ । अब कथा, कविता, मुक्तक, हाइकु, रेमिक्स, एलएनबी, लोकलहरी आदि केकेका लागि युट्युवको सहज उपलब्धता छ । ‘सुनकेस्रा’ को कथा र ‘सुपरमेन’ को विज्ञान कमिकमा रमाउने बालकका लागि अब पिएसपीदेखि केसम्म उपलब्ध छैन ? मनोरञ्जनका साथ शिक्षा उसको शैली बनिसक्यो । अन्नअनाज र बीउबालीका हाइब्रिड जात विकास भएका छन् ।

फिलिपिन्सको युवकले अमेरिकामा रहेको आफन्तको कम्प्युटर भारतीय इन्जिनियरमार्फत आधा घण्टामा नै मर्मत गराइदियो । के यी अवसरले विश्वलाई स्वर्ग बनाएन र ? केही अगि अठार वर्ष कोमामा रहेर बाँचेको पोलिस नागरिकले आफू ब्युँझेर स्वास्थ्यकर्मीलाई धन्यवाद दिँदै ठीकै भनेछन्– ‘धर्ती त स्वर्ग भएछ’ ।

यी र यस्ता घटनाक्रमले सिद्ध गरिरहेको छ– शताब्दीले ल्याएका सुखभोगका लागि बरु हाम्रै उमेर पो छोटो भयो । प्रविधिले हाम्रो उमेर पनि खुम्च्याउन सकिने अवसर छिटै ल्याओस् । जवानी पार गरेर जीवनको मध्यावस्था ढल्केको मानिस मनमनै भन्दै होला– मेरो उमेर घटाउन (पुन किशोर हुन) पाए केके गर्ने थिएँ ! एक दिन यो पनि सम्भव नहोला भनेर कसले भन्न सक्छ ?

-गोपी मैनाली

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }