शनिबार, भदौ २७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

रामायण सर्किट जोड्ने पहिलो ‘भारत गौरव पर्यटक रेल’ जनकपुरधाम आईपुग्यो


  • माउन्टेन खबर
  • बिहिबार, असार ९, २०७९
  • 586
    SHARES

जनकपुरधाम, ९ असार

रामायण सर्किट जोड्ने पहिलो ‘भारत गौरव पर्यटक रेल’ आज जनकपुरधाम आइपुगेको छ ।

मंगलवार साँझ ७ बजे भारतको नयाँ दिल्लीबाट छुटेको सो रेल रामायण सर्किट हुँदै बिहीवार दिउँसो पौने २ बजे जनकपुरधामा आइपुगेको हो । धार्मिक सांस्कृतिक प्रवद्र्धनका लागि झन्डै ५ सय यात्रुसहित सो रेल जनकपुरमा पहिलोपटक आइपुगेको छ ।

जनकपुरधाम आएका तीर्थालुलाई जनकपुर रेल्वे स्टेशनमा मुख्यमन्त्री लालबाबु राउत, उद्योग, पर्यटन तथा वनमन्त्री शत्रुधन महतो, लगायत विभिन्न संघसंस्थाले स्वागत गरेका थिए । रेल जनकपुरधाम आइपुगेपछि रेल्वे स्टेशनमा तीर्थालुहरु जय श्री रामको भजन गाएका थिए ।

रेल्वे स्टेशनमा स्वागत गर्दै मुख्यमन्त्री लालबाबु राउतले नेपाल भारतको सम्बन्धमा यस प्रकारको गतिविधिले कोशेढुंगा सावित हुने बताउनु भयो । उहाँले आफूहरु शुरुदेखि नै नेपालको भूभागलाई रामायण सर्किट जोडिनुपर्ने पक्षमा रहेको र आज रेल्वेको आगमनसँगै यसले एउटा उत्साहपूर्ण वातावरणको निर्माण गरेको बताउनु भयो । उहाँले दुवै देशको पर्यटकीय गतिविधिलाई जोड्नको लागि यो महत्वपूर्ण दिनको रुपमा रहेको र यसले दुवै देशको सम्बन्धसमेत बढ्ने तथा प्रदेशको पर्यटकीय सम्भावनामा समेत वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । मुख्यमन्त्री राउतले यसलाई निरन्तरता दिएको खण्डमा प्रदेशको मात्रै नभइ नेपाल–भारतको पर्यटकीय गतिवधिको समृद्धिको आधार खडा हुनसक्ने बताउनु भयो ।

जनकपुरधाम आइपुगेका तीर्थालुहरु रामजानकी मन्दिर, गंगा सागरमा हुने गंगा आरती लगायतका ठाउँहरु घुमफिर गरेर भोलि (शुक्रवार) सितामढी प्रस्थान गर्ने जनाइएको छ । तीर्थालुलाई हेर्न र स्वागत गर्न सयौँको संख्यामा स्थानीयवासीहरु रेल्वे स्टेशन पुगेका थिए । रेल्वे स्टेशनमा पर्यटकहरुको स्वागत गर्नको लागि उल्लेख्यरुपमा भीड लागेको थियो ।

वैदिक स्वतिक वाचनदेखि परम्परागत बाजाहरुबाट समेत पर्यटकलाई स्वागत गरिएको थियो । भारत सरकारले भगवान राम जहाँ जहाँ जानुभएको थियो त्यस स्थानलाई रामायण सर्किटको अवधारणा ल्याएर जोड्ने कार्य गरिरहेको छ । यसले रामायणकालिन विभिन्न स्थलहरुमा पर्यटकहरु सहज आवागमन हुने बताइएको छ । जनकपुर आएका भारतीय पर्यटकहरु समेत अत्याधिक प्रसन्न देखिएका थिए ।

रेल्वेको बोकीहरुमा भारतको विभिन्न ऐतिहासिक स्थलहरुको साथसाथै भेषभुषा, पहिरन, खानासहित तस्बीर लगाइएको छ । यसले रेल्वेको बोगिलाई आकर्षण बनाएको छ ।

८ हजार किलोमिटर लामो यात्रा गर्न १८ दिनको समय निर्धारण गरिएको छ । रेलको सर्वाधिक महत्वपूर्ण तीर्थस्थल जनकपुरधाम र अयोध्या रहेको छ । सीता र रामको जन्मस्थललाई जोड्दै रामायणकालिन सीताराम सम्वद्ध प्रसिद्ध स्थलहरुको दर्शन तीर्थयात्रुहरुले गर्न पाउनेछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)