रसुवा, असार ११
रसुवा जिल्लाको नौकुण्ड गाउँपालिकाको ११ औं गाउँ सभाको सम्बोधन गर्नुहुँदै बागमती प्रदेश सभा सदस्य माननीय प्रभात तामाङ्ले प्रदेश सरकारले ल्याएको अप्रत्याशित बजेटको कार्यन्वयन गर्न कठिनाइ रहेको बताउनुभयो।
गाउँसभामा प्रमुख अतिथिको रुपमा रहनुभएको थियो।
प्रदेश सरकारले पहिलोपटक गाउँटोललाई समेटेर समाजवादी कार्यक्रम तथा बजेट ल्याएको बताउनुभयो।
कार्यक्रममा बोल्नुहुँदै सांसद तामाङले बजेटले ग्रामीण समुदायको जिविकोपार्जन उत्थान,शिक्षा तथा स्वास्थ्य सेवा,स्थानीय संस्कृतिको बचावट,रोजगारी एवम पर्यटन प्रवर्द्धनको क्षेत्रलाई निर्धारण गरि बजेटको व्यबस्था गरिएको बताउनुभयो।
अप्रत्याशित ढंगले स्थानीय स्तरमा आएको बजेट कार्यन्वयन गर्न भूगोल र सरकारको जनशक्ति अभावले चुनौतीको रुपमा रहेको पनि उहाँले स्पष्ट पार्नुभयो।
सडक बिस्तारलाई प्राथमिकतामा राखी कालोपत्रे सहित रिङरोड संचालनको लागी बजेटमा जोड दिएको उहाँले बताउनु भयो।स्थानीय कला,संस्कृती तथा धार्मिक मुल्य मान्यतालाई जोड दिँदै गुम्बा,मठमन्दिर र चर्च भवन निर्माणको लागि आवश्यक बजेट बिनियोजन गरेको बताउनुभयो।
सांसद तामाङ रसुवा प्रदेश सभा क्षेत्र (क) बाट निर्वाचित सांसद हुन।
