मङ्लबार, भदौ ३०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कर्मचारी र जनप्रतिनिधिको समन्वय बलियो भए मात्र विकास निर्माण संम्भब छ : सांसद आचार्य


  • माउन्टेन खबर
  • शनिबार, असार ११, २०७९
  • 395
    SHARES

रसुवा,  असार ११ शनिबार

रसुवा जिल्लाको उत्तरगया र कालिका गाउँपालिकाको गाउँ सभालाई सम्बोधन गर्दै रसुवाको संघीय सांसद तथा नेपाली काँग्रेस पार्टीका केन्द्रिय सदस्य ई .मोहन आचार्यले विकास निर्माणलाई तिब्रता दिन कर्मचारी र जनप्रतिनिधिको समन्वय बलियो बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो।

उहाँले गाउँपालिकाको नीति तथा कार्यक्रमलाई सहि ढङ्गले कार्यन्वयनको लागि शुभकामना व्यक्त गर्दै जिल्लालाई समृद्ध बनाउन आफ्नो व्यक्तिगत र संस्थागत रुपमा सक्ने सहयोग गर्ने बताउनुभयो।स्थानीय स्तरमा सडक बिस्तार तथा बर्षायाममा सडक संचालनको लागि आफुले व्यक्तिगत रुपमा दुई ओटा स्कभेटर समेत दिएको उहाँले बताउनुभयो।

संघीय निर्वाचन पश्चात आफ्नो पार्टीको सरकार नहुँदा पनि केन्द्रिय सरकार र प्रदेश सरकार बाट जिल्लामा बजेट ल्याउन सक्दो पहल गरेको उहाँले बताउनुभयो।

जिल्लामा शिक्षा,स्वास्थ्य,पूर्वाधार विकास,कृषि उत्पादनमा वृद्धि,पर्यटन प्रवर्द्धन र स्वरोजगारको क्षेत्रमा आफुले सक्ने पहल गर्ने प्रतिवद्दता उहाँले व्यक्त गर्नुभयो।

रसुवाको उत्तरगया गाउ पालिकाले आगामी आर्थिक वर्ष ०७९। ०८० का लागि ३८ करोड ६७ लाख २७ हजार १ सय रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ । पालिका उपाध्यक्ष चमेली गुरुङले उत्तरगया गाउ पालिकाको १२ औं गाउ सभाको दोस्रो बैठकमा उक्त बजेट प्रस्तुत गर्नु भएको थियो ।

जसमध्ये गाउँपालिकाबाट विनियोजन हुने १८ करोड ९३ लाख २५ हजार १ सयमध्ये चालुतर्फ १३ करोड १३ लाख ५९ हजार ९ सय रुपैंया र पूँजीगत तर्फ ५ करोड ७९ लाख ६५ हजार २ सय रहेको छ ।

कृषि, उद्योग, पर्यटन, सहकारी, शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाइ, संस्कृति प्रवद्र्धनलगायतले प्राथमकिता पाएको छ । यस्तै पूर्वाधार विकास तथा सिंचाइले पनि प्राथमिकता पाएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)