मङ्लबार, भदौ ३०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बागमती प्रदेशसभाको बैठक बस्दै


  • माउन्टेन खबर
  • आइतवार, असार १२, २०७९
  • 311
    SHARES

१२ असार, काठमाडौं । बागमती प्रदेशसभाको बैठक आज दिउँसो २ बजे बस्ने भएको छ । प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले आज बस्ने बैठकमा यही असार १ गते प्रदेश सरकारको तर्फबाट आगामी आर्थिक वर्ष २०७९÷८० का लागि प्रस्तुत भएको बजेटमाथि छलफल हुनेछ ।

प्रदेशसभा बैठक बस्नुअघि कार्य व्यवस्था परामर्श समितिको बैठक पनि मध्याह्न १२ वजे बस्दैछ ।
प्रदेशसभा बैठकमा प्रमुख प्रतिपक्ष नेकपा (एमाले)को तर्फबाट सरकारले प्रस्तुत गरेको आवको बजेटमाथि संशोधन गरियोस् भनी प्रस्ताव दर्ता गर्ने प्रदेशसभा सदस्य रामेश्वर फुँयालले जानकारी दिनुभयो ।

प्रदेश सरकारले आगामी आवका लागि कूल रु ७० अर्ब ९३ करोड अनुमानित बजेट सार्वजनिक गरेको छ । सार्वजनिक कूल बजेटमध्ये चालुतर्फ रु १९ अर्ब दुई करोड, पूँजीगततर्फ रु ४१ अर्ब ५६ करोड, वित्तीय हस्तान्तरणतर्फ रु आठ अर्ब र वित्तीय व्यवस्थापनतर्फ रु दुई अर्ब बजेट विनियोजन गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)