मङ्लबार, भदौ ३०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बागमती प्रदेशसभा बैठक सोमबार बस्ने


  • माउन्टेन खबर
  • आइतवार, असार १२, २०७९
  • 376
    SHARES

१२ असार, काठमाडौं । बागमती प्रदेशसभाको बैठक सोमबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ । नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलका मुख्य सचेतक दीपक निरौलालले दलको तर्फबाट सम्बोधन गर्ने क्रममा एमालेको माग पूरा नभएसम्म बैठक चल्न नदिने भन्दै अवरोध जनाएपछि सभामुख सानुकुमार श्रेष्ठले सोमबारसम्मका लागि बैठक स्थगित गर्नुभएको हो ।

आगामी आवका लागि प्रदेश सरकारले ल्याएको बजेट विभेदकारी रहेको र सबै जिल्लालाई समानरूपमा सम्बोधन गर्न नसकेको भन्दै बजेट संशोधनको मागसहित एमालेले बैठक अवरुद्ध गरेको हो । सभामुख श्रेष्ठले आर्थिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेललाई आर्थिक विनियोजन विधेयकलाई विचार गरियोस् भन्ने प्रस्ताव राख्न अनुमति दिएसँगै एमाले सांसदहरुले आफ्नो आसनबाट उठेर विरोध जनाउनुभएको हो ।

बजेटमा मुख्यमन्त्री र अर्थमन्त्रीको जिल्लालाई प्राथमिकता दिई अन्य जिल्लालाई नसमेटिएको भन्दै एमालेले बजेट संशोधनको माग गरिरहेको छ । बागमती प्रदेशसभाको बैठक यसअघि असार २ गते बसेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)