मङ्लबार, भदौ ३०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

हेटौँडा उपमहानगरपालिकाको बजेट दुई अर्ब ७१ लाख विनियोजन


  • माउन्टेन खबर
  • आइतवार, असार १२, २०७९
  • 455
    SHARES

१२ असार, काठमाडौं । हेटौँडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि रु दुई अर्ब ७१ करोड ७९ लाख ७२ हजार ८२० बजेट विनियोजन गरेको छ । उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँले आज आयोजित नगरसभा बैठकमा आयव्यय अनुमान सार्वजनिक गर्नुभएको हो ।

बजेटमा हेटौँडा उपमहानगरपालिकाको कार्यालय तथा प्रशासनिक खर्चतर्फ रु ३३ करोड ५७ लाख ८९ हजार बजेट विनियोजन भएको छ भने सामाजिक विकासतर्फ रु ८३ करोड ६७ लाख १७ हजार तथा पूर्वाधार विकासतर्फ एक अर्ब आठ करोड ४२ लाख विनियोजन गरिएको छ ।

वन तथा वातावरणतर्फ रु १२ करोड छ लाख ८० हजार र सुशासन तथा संस्थागत विकासतर्फ रु सात करोड ३३ लाख ५० हजार विनियोजन भएको उहाँले जानकारी दिनुभयो । साथै हस्तान्तरण भएका योजनातर्फ रु छ करोड तीन लाख ७० हजार बजेट विनियोजन भएको बताइएको छ । बजेटले शिक्षा, स्वास्थ्य र रोजगारीका साथै पूर्वाधार विकासमा जोड दिएको उपमेयर बानियाँले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)