मङ्लबार, भदौ ३०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

दोलखाका स्थानीय तहको बजेट पाँच अर्ब ६९ करोड रुपैयाँ


  • माउन्टेन खबर
  • सोमवार, असार १३, २०७९
  • 358
    SHARES

१३ असार, काठमाडौं । दोलखाको नौ स्थानीय तहले आर्थिक वर्ष २०७९÷८० का लागि रु पाँच अर्ब ६९ करोड ९६ लाखको बजेट पेश गरेका छन् । दुई नगरपालिका र सात गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि चालु तथा पुँजीगततर्फ उक्त रकम विनियोजन गरेका हुन् । जिल्लाका सबै स्थानीय तहले बजेट पेश गरे पनि विगु र शैलुङ गाउँपालिकाको बजेट अनुमोदन हुन बाँकी छ । जिल्लामा सबैभन्दा ठूलो बजेट भीमेश्वर नगरपालिकाले रु ९० करोड ७० हजारको प्रस्तुत गरेको छ भने सबैभन्दा कम वैतेश्वर गाउँपालिकाले रु ५५ करोड चार लाख ३० हजारको बजेट प्रस्तुत गरेको छ ।

सबै स्थानीय तहका जनप्रतिनिधिले दोस्रो कार्यकालमा पनि अघिल्लो कार्यकालको जस्तै बजेटमा पूर्वाधार विकासलाई प्राथमिकता दिएका छन् । सडक निर्माण, भवन निर्माण, सिँचाइ स्वास्थ्यचौकी निर्माण, सामुदायिक भवन निर्माणजस्ता योजनालाई प्राथमिकतामा राखि योजना छनोट गरेको पाइएको छ । आगामी वर्षका लागि भीमेश्वर नगरपालिकाले रु९० करोड ७० हजार, जिरी नगरपालिकाले रु ५६ करोड ६९ लाख ७८ हजार, कालिन्चोक गाउँपालिकाले रु ७२ करोड १९ लाख ८० हजार, गौरिशङ्कर गाउँपालिकाले रु ५६ करोड ९८ लाख ३५ हजार, बैतेश्वर गाउँपालिकाले रु ५५ करोड ४ लाख ३० हजार, मेलुङ गाउँपालिकाले रु ५७ करोड ६६ लाख २४ हजार, शैलुङ गाउँपालिकाले रु ६० करोड दुई लाख १० हजार, रु तामाकोशी गाउँपालिकाले रु ६५ करोड ५ लाख ६४ हजार र विगु गाउँपालिकाले रु ५५ करोड ४२ लाख ७० हजारको को बजेट प्रस्तुत गरेका हुन् ।

भौतिक पूर्वाधारतर्फ भीमेश्वरले ३४ करोड ३१ लाख २३ हजार अर्थात कूल बजेटको ३८दशमलव१२ प्रतिशत विनियोजन गरेको छ । यसैगरी कालिञ्चोकले प्रस्तुत गरेको बजेटमध्ये ६० प्रतिशत बजेट भौतिक पूर्वाधार विकासमा खर्च हुने जनाएको छ । रु ५६ करोड ९८ लाख ३५ हजारबराबरको बजेट सार्वजनिक गरेको गौरिशङ्करले पालिका र वडाको पूर्वाधार विकासतर्फ मात्रै कूल रु १० करोड ९१ लाख बजेट प्रस्ताव गरेको छ ।
रु ५५ करोड ४ लाख ३० हजारको बजेट पेश गरेको बैतेश्वरले पालिकास्तरीय सडक कालोपत्र गर्नेसम्मको योजना अघि सारेको छ । गतवर्ष देखिनै पालिकाभित्रका मुख्य सडक कालोपत्र सुरु गरेको वैतेश्वरले पूर्वाधार विकासमा सबैभन्दा बढी रु १० करोड ६० लाख रुपैयाँ खर्च गर्ने प्रस्ताव छ । मेलुङले भौतिक पूर्वाधार निर्माणका लागि रु २३ करोड ३३ लाख छुट्याएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)