मङ्लबार, भदौ ३०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

वाग्मती प्रदेश

एकीकृत समाजवादीले बोलायो संसदीय दलको बैठक


  • माउन्टेन खबर
  • शुक्रबार, असार १७, २०७९
  • 321
    SHARES

१७ असार, काठमाडौं । वाग्मती प्रदेशमा सत्तारूढ दल नेकपा (एकीकृत समाजवादी)ले संसदीय दलको बैठक आह्वान गरेको छ । आलोपालो गरी सरकार चलाउने निर्णय कार्यान्वयन नभएपछि मुख्यमन्त्री राजेन्द्र पाण्डेविरुद्ध कांग्रेस र माओवादीका सांसदले हस्ताक्षर संकलन थालेपछि समाजवादीले बैठक बोलाएको हो ।

एकीकृत समाजवादीका संसदीय दलका नेतासमेत रहनुभएको पाण्डेले शनिबार बिहान ११ बजेका लागि बैठक बोलाउनुभएको छ।

वाग्मतीमा पाण्डेले ६ महिना सरकार चलाउने र त्यसपछि कांग्रेसले चलाउने सहमति भएको थियो । आठ महिनासम्म सरकार फेर्न तयारी नभएको भन्दै सत्तारूढ दल नै हटाउन लागेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)