बिहिबार, जेष्ठ ३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

पीडा तर प्राप्तिको (घाऊ आफैँलाई दुख्छ बाट)


  • गोपी मैनाली
  • शनिबार, असार १८, २०७९
  • 744
    SHARES

पीडा तर प्राप्तिको 

अनौठो र अस्वाभाविक पनि होइन– हामीले आँकलनमात्र नगरेको हो, प्रत्येक प्राप्तिको अन्तर्यमा पीडा हुन्छ । पहिला प्राप्ति नहोला कि भन्ने पीडा, उपलब्धिपछि त्यसको हिफाजत र उपयोग गर्न नसकिएला कि भन्ने पीडा र उपयोग गर्न सके पनि त्यसको उपलब्धि विस्तार र निरन्तरता दिने पीडा । व्यक्तिगत तहमा होस् कि संस्थागत तहमा पीडा वास्तविकता हो । व्यक्तिगत तहमा जन्मदेखि मृत्युसम्म प्राप्ति र पीडाको चक्र नै घुमिरहन्छ । प्राप्ति सुखको खोजी हो– पीडा जीवनको वास्तविकता । हामीहरू प्राप्तिलाई उत्सवका रूपमा पनि मनाउँछौ, रमाउँछौ र अर्को प्राप्तिलाई आमन्त्रण गर्दछौं । स्मृतिका पत्र पल्टाउँदा पनि खुसीमा डुब्ुल्की मार्छौं । ठूलो प्राप्तिमा ठूलै उत्सव, ठूलै स्मृति र ठूलै पीडा पनि । त्यसैले प्राप्ति र पीडा आवृत्तात्मक हुन्छ ।

बिरुवा वा वनस्पति विवेकहीन छन् । यिनमा चेतना भए÷नभएको पनि खोजीको विषय हो तर सत्य के हो भने बिरुवामा जीवन छ । जीवन भएका सबैको उद्देश्य हुन्छ, उद्देश्य प्राप्तिको यात्रा हुन्छ । उद्देश्य र यात्रा चेत वा अचेत, व्यक्त वा अव्यक्त स्वरूपमा भएको मात्र हो । बढ्नुको यथार्थमा वनस्पति रहन्छ । बीजाङ्कुरण (जर्मिनेसन) देखि प्रकाशतिर लम्किनु, घाम भएतिर माथिमाथि जानु वनस्पतिको यथार्थ हो । सबै बिरुवा प्रकाश (उद्देश्य) तिरै बढ्ने गर्दछन् ।

मानिस त चेतना र तृष्णा भएको प्राणी, ऊ उपलब्धि बढाउन निरन्तर बढ्ने नै भयो । ऊ यति बढ्छ– त्यो बढाइ, त्यो सङ्घर्ष निरन्तरको आसक्ति साँच्चै जरुरी थियो ?

बुद्धले दुखलाई जीवनको सत्य भनेका छन् । उपलब्धिको आसक्ति झनै ठूलो सत्यको सगरमाथा हो मानव जीवनमा । यो असन्तोष र आसक्ति क्षतविक्षत भएर नै मानिस आधुनिक युगसम्म आइपुगेको हो । सुरुमा भावनात्मक चेतमाथि आन्दोलन ग¥यो र सुखको स्वाद चाख्यो । स्वादमा रमाएको मानवजाति अरू स्वाद र सुखमा निरन्तर छ ।

जङ्गली अवस्थामा सुरक्षाको चाहना राख्यो, परिवार, रुखको ओत र ओडारको सुरक्षाले अघाएन, राज्य नामको औपचारिक संस्था खडा ग¥यो । राज्य र राज्यको मुखियाले उसलाई सुख तथा संरक्षणका नाममा अधिनायकत्व थप्यो । निजत्वमाथि जन्जिर लगायो, तैपनि राज्य प्राप्ति थियो । राज्य मानव समाज सुखमय बनाउने पहिलो आविष्कार थियो ।

जङ्गली अवस्थाको प्राकृतिक स्वच्छताको विकल्पमा दस हजार वर्षअगि कृषि क्रान्तिका नाममा उत्पादन प्रणाली परिवर्तन ग¥यो । स्वादिला फसल उब्जायो, सञ्चय ग¥यो, प्रशोधन विधि पनि बसाल्यो । फसलहरूको स्वादफेर गर्न विनिमय गर्न थाल्यो । यो तत्कालीन अवस्थामा अद्भुत प्राप्ति थियो । प्राप्तिको अन्तर्यमा लालसा थियो । त्यो स्वादमा मात्र फेरि ऊ रमाएन । प्रकृतिमाथि शोषण एकलौटी शोषण गर्दै ठूल्ठूला फाँटमा सघन र उन्नत उब्जनी र सञ्चय ग¥यो, विनिमय विस्तार ग¥यो । उब्जनीलाई सम्पत्तिमा सञ्चय गर्न विश्वासको मुद्रा आविष्कार ग¥यो । मुद्रा अब धन बन्यो । मुद्रा आर्जनमा धनी बन्ने तृष्णा हुर्कियो । अरूभन्दा धेरै सञ्चय, धेरै स्वाद र धेरै सामथ्र्य बटुल्यो । मिडासको कथाजस्तै अनन्त आसक्तिले क्षतविक्षत हुन थाल्यो तर न तृष्णा घट्यो, न लालसाको नशा ।

आठ सय वर्षजति भयो होला– वैज्ञानिक खोज र आविष्कारको लालसामा मानव सत्ता लालायित भयो । खेतीपाती र सामान्य उत्पादन प्रणालीबाट मानव सत्ता अघाएन । विधि, प्रविधि र यन्त्र उपकरण आविष्कार भए । उत्पादन, वितरण, उपभोग र प्रभाव विस्तारले मानिसहरू प्रगतिशील भए तर लालसा यति बढ्दै गयो कि भूगर्भ र अन्तरिक्ष पनि अछुतो रहेन । मानव मस्तिष्क र मानव दृष्टि फराकिए । यात्रा अनि मनोरञ्जन पनि फराकियो । भूगर्भ र अन्तरिक्ष देख्ने दृष्टिहरू ईश्वरीय थिए । मानव सुखको भण्डार भूगर्भमा देखियो, मानव आवश्यकताको भण्डार समुद्रमा भेटियो, मानव इच्छाका तरङ्ग अन्तरिक्ष÷आकाशमा देखियो । सिर्जना र आविष्कारले मानिस ईश्वरीय बन्यो ।

अरूमाथि प्रभाव पार्ने मनोविज्ञान विस्तार भएर होला– गाउँको मुखियामा विश्व सम्राट् बन्ने चाहना दौडिए । उपनिवेशले अरूको गाउँ, अरूको राज्य, अरूको स्रोत सम्पत्तिमाथि धावा बोल्न थाल्यो । सुन्दर सपनाबाट बनाइएका राज्यका किल्ला ध्वस्त र पराधीन भए । मानिस राज्यबाट मात्र होइन– साम्राज्यबाट, आनो मान्छेबाट मात्र होइन– परायाबाट पनि पराधीन भयो । मानव पसिना सम्राट्का श्रीमतीका नाममा महल र स्मारक ठड्याउन बगे । आनालाई यातना दिने र पराया खुसी पार्ने जबर्जस्त पीडामा परिश्रम खर्चियो ।

इतिहासमा धेरै युद्ध भएका छन् । युद्ध उन्मादीहरूले विजयोत्सव मनाए तर विजेताहरू विजय शक्तिमा आश्वस्त भएनन् । पराजितहरू विजयको सपनामा रहे । सधैं सबै युद्धको तयारीले शान्ति र सिर्जना हार्न थाल्यो । मानव सत्ता हार्दै आयो । शान्ति र सिर्जनामा मौलाउनुपर्ने मनमा युद्ध र आक्रोश झाङ्गियो । प्राप्ति वा पराजय दुवै स्थायी भएनन् । युद्धको भावनालाई जित्न खोज्ने मनहरू सधैं पराजित भए । पृथक् रुप र अर्थका युद्धले मानव सत्ता सधैं चिथोरियो, असमानता र वञ्चितिका पर्खालले प्रगतिलाई खिज्याइरह्यो । न युद्धविरोधी अभियान देखियो न त अभियन्ता नै देखिए ।
समृद्धि र सुखको अनन्त आरोहमा चौथो क्रान्ति आइपुगेको छ ।

चौथो क्रान्ति समुद्रको छालजस्तो एकपटक मडारिएर पुनः शान्त सुस्केरामा पुग्ने घटनाको स्वरूपमा छैन, हजार फिट माथिबाट खसेको झरनाजस्तो झरि नै रहेको छ । प्रत्येक झराइमा पछिल्लो प्रवेग बढ्दैछ । सहस्राब्दीका पुस्ता चौथो क्रान्तिका उपलब्धि उपभोगमा आफैंलाई भुलिरहेका छन् । हत्केलामा संसार छ, फिंगरस्टिप्समा संसारका अवसर छन्, अवसर असरल्ल छन्, अवसर उपयोगका अवरोध गल्र्यामगुर्लुम्म भत्किएका छन् ।

लागत, भूगोल, समाज र राज्य प्रणाली अवसर दोहनका बाधक छैनन् । फगत अवसरमा पौडिन जाने भयो । सहस्राब्दीका पुस्ता औधी रमाएका छन्, नयाँ स्वाद र सन्तुष्टिमा बिन्दास छन् । उनीहरु न अरूको चियोचर्चो गर्छन्, न त ईष्र्या नै राख्छन् । युवाहरू परिश्रमीमात्र होइन– नितान्त निजी बन्दैछन् तर चौथो क्रान्तिको उपलब्धिले दिएका पीडा झनै ओजिला र गहिरा देखिँदैछन् ।

अवसर दोहनको भौतिक दूरी त घट्यो, समाज भावनात्मक रूपमा पनि खण्डीकृत बन्दैछ । भौतिक सम्बन्ध र दूरी घट्नुको अर्थ सामाजिक सम्बन्ध, मानवीय हार्दिकता तथा सहभावबाट पर पुग्नुहुँदैनथ्यो । अनलाइन प्रविधिले समाजलाई अफलाइनमा पु¥याउँदैछ । फेसबुकले फेसलेस समाजको निर्माण गर्दैछ । अनलाइन प्रविधि त असल मूल्य प्रणालीलाई विस्तार र सञ्जालीकृत गर्न पो विकास भएको हो । सामाजिक, आर्थिक र आत्मिक मूल्य कसिलो बनाउन पो विकास गरिएको हो । मूल्य र भावनाको वैयक्तीकरणबाट मानव सत्तालाई कसरी माथि उठाउने ?

मानिसहरू यहाँ आइपुग्नुको धरातल किन भुल्दैछन् ? विगतका पीडाको विवेचना गरेर खुसीको अभियानमा प्रविधि र पुस्ता किन परिचालित भएन ? मनले विश्व निर्माण÷विनिर्माण गर्ने हो– किन भित्रभित्र सिर्जना र मनै हराउन थाल्यो ? के सबै प्राप्तिले पीडा पछ्याउनै पर्छ ?

जीवनको सबैभन्दा ठूलो रहस्य आफैंलाई बुझ्नु हो । आफैंलाई खोज्ने यात्राले जीवनलाई खुल्दुलीपूर्ण तर सुन्दर बनाएको हुन्छ । बाँच्ने, मर्ने, सफलता असफलता, रिस राग र मायाप्रेमजस्ता सबै कुरा रहस्यमा रहेकाले प्राप्तिको यात्रालाई सुन्दर बनाएको हो । सम्पूर्ण रहस्य खुलेपछि जीवन ह्वाङ्गै उदाङ्गो र होलो हुन्छ । कल्पना गरौं– कति नीरस होला त्यो अवस्था तर चौथो क्रान्तिको अद्भुत चमत्कारले सबै मानवीय रहस्य, वैयक्तिक भावना, चाहना, इच्छा, प्रक्रिया, उद्वेग क्षणमै अरूले बुझ्ने, नियन्त्रण र निर्धारण गर्न सक्ने प्रविधिको विकास गर्दैछ ।

इन्फोटेक, बायोटेक र तथ्याङ्कको संयोजनले आफूले बुझेभन्दा धेरै सजिलोसँग अरूले नै हामीलाई बुझ्न सक्नेछन् । दार्शनिक युभल हरारीका सूत्रमा जैविक ज्ञान (बी), कम्प्युटरको शक्ति (सी) र डाटा (डी) गुणक अन्तक्र्रियाले मानिसको गतिविधि निर्धारण गर्दैछ । एल्गोरिदमको संयन्त्रले बायोकेमिकल्स प्रणालीलाई सहज बुझ्ने गर्छ । विज्ञानको यस सूत्रले मानिसलाई निमानवीकृत र पूर्ण यान्त्रिक विषय बनाउँदै छ । यसले मानव जीवनको परिभाषा बदल्दै छ । मानिस भन्ने संवेग र भावनाको विषय अब नरहने भयो ।

मानिस हुन थोरै गोपनीयता र रहस्य बाँकी हुनुपर्छ तर मानवीय संवेग, भावना, प्रेम, दया, प्रक्रिया र सिर्जना अरूले निर्धारण तथा नियन्त्रण गर्न सक्ने स्थितिमा मानवसत्ता नै पराजित हुने भयो । कृत्रिम बौद्धिकता र बायो–प्रविधिको तँछाडमछाडले मानव जीवन नहार्ला भन्न सकिन्न । आनै सिर्जनाका प्राप्ति आफैंलाई पराजित गर्नेसम्मको स्थिति कति पीडादायी छ– कल्पनासम्म गर्न सकिन्छ । संसारलाई कायापलट गर्न खोजिएका खोज र गरिएका आविष्कारले स्वयम् मानवजातिलाई त्राहिमाम् पारेपछि मानव नै नरहने हो कि भन्ने स्वाभाविक सन्देह छ ।

मानव इतिहास निरन्तर समृद्धिको यात्रा हो । मानवसत्ता यहाँसम्म घटना वा आकस्मिकताले आइपुगेको होइन– यो निरन्तरको विकास र सामाजिक प्रजननको परिणाम हो । तेस्रो श्रेणीका असम्भव पनि मानव प्रयत्नबाट सम्भव बन्दैछन् तर यी पीडा नभई परिणाम हुन् भन्ने यस सर्जक र उपभोक्ता दुवैले नबुझेसम्म प्राप्तिभन्दा पीडा बढ्दै जानेछ ।

-गोपी मैनाली

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }