बिहिबार, जेष्ठ ३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

धरहरा सँगै पछारिएको अमेरिकि सपना (कथा )


  •  -राम लामा अविनाशी ,अमेरिका
  • शनिबार, असार १८, २०७९
  • 797
    SHARES

धरहरा सँगै पछारिएको अमेरिकि सपना

रुप त्यती राम्रो नभएपनी जिउडाल भने चटक्क मिलेको थियो । झन साडीमा त एकदमै लोभ लाग्दो देखिने । छरितो ज्यान, लामो कपाल । काली काली हिस्सी परेकी थीइन सरला । दुई बच्चाकी आमा भन्ने कसैलाई लाग्दैनथ्यो ।

धरानका बासिन्दाहरु अली बिकशित र आधुनिक मानिन्थे । आधुनिकता भित्र पनि अनुशासन र मर्यादाको पनि सँस्कार थियो त्यहाँ । त्यसैले सरला जस्ता एकल सँस्कारी महिलाहरुलाई आफु असुरक्षित भएको महशुस गर्नु परेको थिएन । एउटा छोरी र छोरा च्यापेर ब्रिद्ध ससुराको स्याहर सुसारमा दिन बित्थ्यो । सासु बितेको १० बर्ष भई सकेको थियो ।

एक दिन छोरा छोरीलाई स्कुल पठाए पछी घर धन्दा सिध्याएर घर अगाडिको धारामा नुहान थालिन् । घर अगाडिको यात्री लजको कोठामा बस्ने तासीले झ्यालको पर्दा खोल्छ । अचानक नुहाउँदै गरेकी सरलाको शरीरमा तासीको आँखाँ पुग्छ । पेटिकोटको इजारले बाधेको छाती र पानीले भिजेर श्पष्ट देखिने शरीरमा नियाल्छ । घरि- घरि पेटिकोट माथि सार्दै तिघ्रा पखाल्दै गरेको देख्दा उस्लाई अशैह्य भयो । मुटुको ढड्कन् तिब्र गतिमा बढ्यो । पुरुषको जात न हो । हेर्दा पो भलाद्मि देखिन्छन् त ।

सरलालाई के थाहा उनिलाई देखेर कोही ब्यक्ती बेहोस बन्न लागेको कुरा । उनी नुहाई सकेर भित्र पस्छिन । तर, ताशीको आँखा भने त्यो घरको वरीपरी बाट हट्न सकेन । सरला किनमेल गर्न बाहिर निस्किँदा पनि हेरी रहन्थ्यो । यो सिलसिला धेरै दिन सम्म चलिरह्यो । एक दिन लजको तल ओर्लेर सरलाको प्रतिक्षा गरी रह्यो । सन्जोग बस सरला किनमेलको लागि पसल तिर जान लागिन् । ताशी निकै खुशी भयो ।

 दौडिँदै गएर दोबाटोमा कुर्यो । सरलालाई देख्ने बित्तिकै “नमस्कार हजुर” भन्यो । मान्छे अन्जान लागे पनि अप्ठ्यारो मान्दै नमस्कार फर्काईन् सरलाले । नचिनेकै भए पनि नमस्कार त फर्काउनै पर्योप नि भन्दै आफ्नै मनलाई जवाफ दिँदै हिडिन् । केही दिन पछी फेरी त्यही ठाउँमा भेट्यो र नमस्कार सँगै “तपाईंको कपाल कती लामो ,कती राम्रो “भन्यो । सरलाले ” हो र ? धन्यवाद” भन्दै आफ्नो बाटो लागिन् । उनको कपालको प्रसम्सा टोल छिमेकका प्राय सबैले गर्ने गर्थे । केटा केटी देखी लिएर बुढा बुढी सम्मले । हुन पनि अती लामो थियो । पिठ्युँ भन्दा पनि तल पुग्ने । सर्लक्क परेको ।

 ताशी त्यही ठाउँमा बसेर सरलालाई कुर्ने दैनिकी नै बन्न थाल्यो । ऊ काठमाण्डौको बौद्ध निवासी एक ब्यापारि थियो । सुकुमेल र चिरायितोको सँकलक अन्तरे राइलाई भेट्न धरान गएको थियो । काम कुरो सिद्धिन अली दिन लाग्ने भएकोले त्यो यात्रि लजमा बसेको थियो । उस्लाई एक काम दो पन्थ् भयो । सरलालाई पनि त्यो मान्छे यहाँँको स्थानिय त होइन कहाँको होला भन्ने खुल्दुली बढ्न थाल्यो ।

त्यत्तिकैमा अर्को दिन त्यही बाटोमा भेटिन्छ । उन्लाई कता कता ताशी सँग लाज लागे जस्तो भयो । उस्ले “नमस्कार ! आराम हुन्हुन्छ ? हजुरको नाम के हो ? भनी सोध्यो ।  उन्ले म सरला भन्दै पुलुक्क तासीको अनुहारमा हेरिन् । तासिले सरलाको आँखाको हेराईमा केही आफ्नो पनको महशुस गर्योी । ताशी भने प्रफुल्ल मुद्रामा सरलालाई हेरी रहेको थियो । म अहिले जान्छु है? भन्दै सरला आफ्नो बाटो लागिन ।

 तर, बाटो भरी तासीको त्यो हसिलो अनुहार र नशालु आँखाको याद गर्दै हिडिन् । “हजुरको कपाल कती लामो , कती राम्रो” भनी गरेको प्रसम्साको याद आई रह्यो । केटी मान्छे न हो ! कमजोरी नै प्रसम्सा ।

 अग्लो खाइ लाग्दो जिउ डाल र अली छुट्टै सैलीको शेर्पाको लवज उन्को यादगार बनी रह्यो । अर्को दिनमा पनि घर बाहिर जाँदा त्यो पहिलाको ठाउँमा ऊ छ कि भन्ने लाग्यो । तर त्यो दिन ताशी त्यहा थिएन । सरलालाई काताकता खल्लो लाग्यो । उनको अन्तरमनले कोही पर पुरुषको सम्पर्क चाहेको पनि हुन सक्छ , नहुनु पनि कसरी । ५ बर्ष देखी छोरा छोरी मात्रै च्यापेर सुतेको पनि ।

अर्को दिन ताशी लग्भफ्ग त्यही समय पारेर बाटो तिर निस्कान्छ । सरला आफ्नी भाउजुले भोगटे साँदेको छु खाना आउनु नानी भनेकोले त्त्यतै  जाँदै थीइन् । त्यो दिन ताशीले नमस्कार हजुर , भन्यो ! उन्ले नमस्कार फर्काईन् उज्यालो र हर्षित मुद्रामा । एक अर्काले राम्रो सँग अनुहार हेरेर कुरा गर्छन् । अली अली मन्द मुस्कान भित्र केही लुकी रहेको थियो दुबैको मुहारमा । तर, छर छिमेक आफ्नो गाउँटोल बासीहरुले देख्लान भन्ने डरले छिटो बिदा हुन चाहिन् सरलाले ।

 उनको त्यो मुस्कान ताशिको मन भित्रको एक कुनामा ब्रिजारोपण भयो र दिनानु दिन बढ्दै जान थाल्यो । मौका मिलाएर लुकी छिपी भेट्ने क्रम बढ्दै गयो । हुनत , लोग्ने बिनाको ओछ्यानमा आँखाँ बन्द हुन सके पनि मन बन्द हुन चाँहीँ सजिलै कहाँ सक्छ र सोह्र बर्षमै बिहे भएको र हरेक बर्ष बर्षौँटे दुइटा बच्चा भएको भए पनि जवानी गएको कहाँ थियो र छिप्पिएको पो हो त ।

 लुकीछिपी भेट्ने क्रम बड्दै गयो । शारिरिक सम्पर्कको चाहनालाई समाज र इज्जतको डरले कुल्ची रहेको थियो । एकले अर्कालाई चिरिप्प अङ्गालोमा कस्ने रहरको बाँध धेरै टिक्न नसक्ने अवस्था आईरहेको थियो । भतीजोलाई जापान पठाउन पासपोर्ट निकाल्नु पर्ने थियो । भाउजुले आफु नभ्याउने भएपछी उनलाई काठमाण्डु गएर पासपोर्ट निकालेर ल्याईदिन भनिन् । त्यो बेला काठमाण्डौबाट मात्र राहदानी दिईन्थ्यो ।

सो कुरा ताशीलाई भन्छिन सरलाले । ताशी काठमाण्डु खाईखेलेको मान्छे भएकोले आफु त्यहाँ गएर भातिजो राहदानी निकाल्न सहयोग गर्ने आश्वासन दियो । उनी ढुक्क भईन् । तर एउटा सर्त अघी सारीन् । एउटै बसमा नजाने भनेर । ताशीले हुन्छ भन्यो । काठमाण्डुको वसपार्कमा कुरीरहने छु भन्यो ।

ताशी बिहानको बसमा काठमाण्डु गयो भने सरला आफ्नो भातिजोलाई लिएर रात्री सेवाको बसमा हुइकीईन । काठमान्डौको बसपार्कमा आफ्नो साथी सुधिरलाई लिएर ताशी कुरी रहेको थियो । त्यहाँ एउटा चिया पसलमा चिया पिएर चारै जना ट्याक्सी चढेर सुन्धाराको बिराट होटल पुग्छन् । ताशीले सरला र उन्को भतीजोको लागि ३०३ नम्बरको कोठा बुक गरीसकेको रहेछ ।

 एकछिन आरम गरेर नुहाई धुवाई गरेर जिल्ला कार्यालय बबरमहल जाने सल्लाह भयो । त्यही अनुसार तयार भएका थिए । तर भातिजोलाई लिएर सुधिर जान्छ । सुधिर त्यही राहदानी बनाउँने लेखन्दास हो । उनिहरु जान्छन् हामी जानु पर्दैन भन्यो । सरलाको मन्मा चसक्क लाग्यो । कता कता डर अनी कता कता लाज । तै पनि हुन्छ भनिन् ।

चारैजना होटलबाट निस्किन्छन र उनिहरुलाई पठाएँ पछी ताशी र सरला कोठामै फर्किन्छन् । लामो समय देखी एक अर्काका लागि  पग्लीइसकेको जवानीले बल्ल मौका पायो । तासीको हातले कोठाको चुकुल लगाउन पनि मेसो पाईरहेको थिएन । अरु थोकको त के कुरा गर्नु र ! ५ बर्ष देखी आफ्नो लोग्नेलाई भनेर बाँधेर राखेको बैँस अर्कैले फुस्काई दियो । धारामा नुहाउँदा ताशीले देखेको सरलाको अर्ध नग्न शरीरले तड्पाएको मन बल्ल शान्त भयो ।

 सुतेको बाघलाई जिस्काएको जस्तो भयो सरलाको जवानीलाई । बिभिन्न बहानामा काठमाण्डौ जाँदै केही दिन बस्ने अनी धित मर्नेगरी जवानी पोख्ने लतै लाग्यो । श्रीमानले सिङापुरमा पसिना सँग साटेर कमाएको पैसा श्रीमतीको छिप्पिएर पनि मात्तिएको जवानीले सिद्ध्याउन थाल्यो  । आफ्नो श्रीमतीको भरमा छोडेका भगवान जस्ता पिताको गुनासो सुन्न पर्ने हुनथालयो।

 हुँनत, हरेक चोटि काठमाण्डौ जाँदा ससुरालाई नयाँँनयाँँ उपहार ल्याई दिने गरेकीथिईन। बुढेशकालमा चिजबिजको महत्व कहाँ हुन्छ र ? स्याहर सुसार पो चाहिन्छ त ।

 पैसाको सदुपायोग पनि हुन नसकेको र आफ्ना पिताले पनि दु:ख पाएकोले उनका पती दान बहादुर नेपाल फर्किन्छन् । दिन, हप्ता, महिना बित्दै बर्ष नाघ्यो । दिन दिनै काम गर्ने मान्छे दान बहादुरलाई बेरोजगार भई बस्नु पर्दा छट्पटी हुन थाल्यो । उता सरलाको मन ताशी सगँ भेट्न नपाएर छट्पटिन थाल्यो । आफ्नो बुढो र घरका अरु परिवार सँग पनि झर्की रहन थाल्छिन् । श्रीमान र श्रीमतीको सम्बन्ध बिरसिलो हुँदै थियो । ओछ्यान एउटैमा सुते र के गर्नु र मन एकअर्काका लागि नभए पछी ।

 छोरा छोरी पनि अली हुर्की सकेकाले अब दुबैजना बिदेश लाग्नु पर्यो भन्ने सोचे । बुझ्दै जाँदा अमेरिका पठाउँने दलाल सुमललाई भेटे । १५ लाखमा श्रीमान श्रीमतीलाई नै लगिदिने भन्यो । अमेरिकामा पढ्ने विद्यार्थीको ग्र्याजुएशनमा आफ्ना अबिभावकलाई बोलाउन पाउने ब्यबस्था छ अमेरिकामा । त्यही अबसर पारेर नक्कली आफन्त बनाएर भिजा निकाली दियो दलालले ।

 आफु सँग पैसा नभएकोले आफ्नै बहिनीलाई जग्गा धितो राखेर १६ लाख लिन्छन् । धितो भए पनि लाल्पुर्जा नै बहिनिको नामामा पास गरेर दिनु पर्ने सर्त राखिन् बहिनी शान्ता कुमारीले । हुन्छ त भने तर केही सर्तहरु उनले पनि राखे । पैसा चुक्ता गरे पछी आफ्नो जग्गा फर्काउनु पर्ने साथै आफुहरु नफर्किँदा सम्म आफ्ना छोराछोरी र आफ्ना पितालाई पालन पोषण गरीदिनु पर्ने सर्त राखे । बुवा त आफ्नो पनि भएकोले सर्त नमान्ने कुरै भएन । बच्चाहरुको पनि पालण पोषणमा लाग्ने खर्च हरेक महिना पठाउने सर्त उन्ले पनि तेसारिन् । “मज्बुरिका नाम गान्धी” । स्विकार्नु सिवाय अरु के नै उपाय थियो र !

 घरबाट निस्किने बेला छोराछोरीहरुको आँखा बलिन्धारा बगेका आँसुलाई आफ्नो पनि भक्कानिएको छातीले थिची रहे । बुवाले “तिमीहरुको अनुपास्थितीमा मेरो प्राण जाने भयो बाबु । जाउँ मलाई स्विकार्य छ । तिम्रो परिवार र छोराछोरीको भविष्य उज्जल बन्छ भने । मलाई मेरो एक्लो  मरण स्विकार्य छ ” भन्दै छोरा बुहारीको सीरमा हात राख्दै शुभ यात्राको आशिर्वाद दिनुभयो ।

 कही समय देखीको बुहारीको चरित्रले ब्याकुल बनेका ससुराले आफ्नो छोराको साथमा पठाउन पाउँदा आँखामा आँसु झार्दै भए पनि मन बुझाउनु भयो । रात्री बसमा चडेर अमिलो मन लिएर हिढ्छन् । दान बहादुरलाई बसमा बजेको मिट्ठो लोक गीतले कतै छोएकै थिएन । सिङ्गापुर जस्तो नजिकको यात्रा थिएन । अमेरिका पृथ्वीको आधा गोलार्ध पार गर्नु पने यात्रा । बुवालाई केही भईहाल्यो भने मुख देख्न पाउँदिन होला भन्ने चिन्ताले सताई रहेको थियो ।

 उता सरला भने झ्याल तिर फर्केर झोक्राई रहेकीथिईन् । जती जती बसले काठमाण्डौको दुरी छोटट्याउँदै थियो , त्यती त्यती तासीको समिपमा टास्सिने चाहना बढ्दै थियो । बिहान खिचापोकारीको बुद्ध लजमा पुगेर ४१३ नोमबरको कोठा लिन्छन् । दलाल टिकाट काट्नलाई ट्राबलमा जाउँ  भन्दै आयो । सरलाले म थाकेकी छु तपाईंहरु मात्रै जानु न है भनिन । टिकटको मिती र समय पहिलानै निश्चित भईसकेको थियो ।

 दान बहादुर र दलाल पैसा बुझाउन र टिकट लिन गए । टिकट लिएर बाहिर निस्किने बित्तिकै अमेरिका बस्ने गुन्जमानलाई फोन गरीहाले । आफुहरु कतार एयरलाईन्स बाट पर्सी बिहान ९ बजे पुग्ने कुरा बताए । गुन्जमान ८ बर्ष देखी लसएन्जलस बस्दै आएका उन्का नजिकका साथी मात्र थिएनन् अली टाढाको नातेदार पनि थिए ।

 यता सरला भने ताशी सँग भेट्ने समय मिलाउन थालिन् । ताशीले सरलालाई त्यही पहिलाकै बिराट होटलमा आउनलाई भन्यो । सरला एक घण्टामा पुग्छु भनिन् । पुगिन् पनि । अब धेरै लामो समय सम्म भेट्न नपाउने भएकोले उनिहरु जती सके बढी कुराहरुको धोको पुरा गर्ने कोशीषमा थिए । त्यो दिन त्यही बिरात होटलको ओछ्यानमा तीन त्रिलोक चौध भुवन देखी रहे । भोली आफ्नो बुढालाई कोठामै आराम गर्न लागाउने र हामी दुईजना घुम्न जानु पर्छ भन्ने सल्लाह भयो ।

 भोली पल्ट एक दिन मात्र समय भएको र पर्सीको फ्लाइटमा उढ्नु पर्ने भएको कुरा फेरी दोहोर्याईन् सरलाले । हुन्त तो फ्लाइटको दिन पहिला पनि भनी सकेकी थिईन ताशीलाई । भोली पल्ट नुहाई धौहा गरेर खानपिन गरीसके पछी तपाईं आरम गर्नुस् म बागबजारमा बस्ने साथी कल्पना लाई भेटेर आउँछु भनेर आफ्नो ब्याफ भिरेर हिड्छिन् ।

दान बाहादुलाई त्यो कुरा चित्त बुझेको थिएन ।  तरपनि, म पनि सँगै जान्छु भन्न सकेनन् र तिमी नजाउ आज हामी सँगै घुमौँ भन्ने आँट पनि गर्न सकेनन् । सरला टिम टिम पर्दै हिडिन् । पिपल बोटको फोटो कन्सर्नको अगाडि भेट्ने हिजोको सल्लाह अनुसार भेटे ।  सरला र ताशी मस्का मस्की गर्दै बिभन्न ठाउँमा घुम्दै धरहरा चढ्न जान्छन् । एकले अर्काको घरि हात समाउँदै त घरि कमरमा च्याप्दै धरहराको टुप्पामा पुग्छन् ।

 दैबको खेल बुझ्न कठिन छ । एकाएक सबैले चक्कर लागेको महशुस गर्छन् । धरहारा हल्लियो । चराहरु चिरबिर गर्न थाले, कुकुरहरु भुक्न थाले, सबैको रुवाबासी भयो , कोलाहल मच्चियो । क्षणभरमै धरहरा गर्ल्याम गुर्लुम् ढल्यो । टुक्रा-टुक्रा भयो । सबै भगवानका प्यारा भए ।

 भुइचालो बन्द भए पछी सबै धरहरा हेर्न पुगे । दान बहादुर पनि भिडलाई पछ्याउँदै धरहरा तिरै गए । भ्यागुता पछारिए जसरी मान्छेका लासहरु पछारिएका थिए । हेर्दै जाँदा आफ्नी पत्नी सरला कोही मङ्गोलियन अनुहार भएको शरीरको अङ्गालोमा कस्सिएको अवस्थाको लास देख्छन् । क्युँ कर्तब्य बिमुढ भए । मुख बाट बोली पनि निस्किन सकेन ।

 -राम लामा अविनाशी

  अमेरिका ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }