शुक्रबार, जेष्ठ ४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

पुस्तक ( घाउ आँफैँलाई दुख्छ बाट )


  • गोपी मैनाली
  • शनिबार, असार २५, २०७९
  • 538
    SHARES

पुस्तक 

पुस्तकको पाना पल्टाउनु संसार हेर्ने आँखीझ्याल खोल्नु हो– संसार यात्रा गर्ने ढोका उघार्नु हो– ज्ञानको सागरमा पौडिन तयार हुनु हो । नजाने पुस्तकका ससाना अक्षरले कसरी ब्रह्माण्डलाई आफूभित्र समेटेको छ

पुस्तकको महङ्खव नबुझ्नेहरू पुस्तक पढ्नेलाई किताबको किरो, अक्षर घोकन्ते इत्यादि नाम उपमा दिएर गिल्ला गर्न पछि पर्दैनन् । उनीहरूलाई के थाहा पुस्तक ज्ञान, बुद्धि, मनोरञ्जन, यात्रा, संस्मरण, प्रणाली, इतिहास, सङ्घर्ष, प्रेम, क्रोध, आक्रोश, सिर्जना, संहार, दर्शन, सिद्धान्त सबैको जीवन्त रूप हो । मानव भावना र संवेदनाको सोलोडोलो मिनिएचर हो । पुस्तकले नै संसार र सभ्यतालाई यहाँसम्म ल्याइपु¥याएको छ । नजाने कति योजन परसम्मको जीवन र जगत्लाई यसले मार्गदर्शन गरिरहनेछ ।

पुस्तकले के गरेन ? पुस्तकका पाना पल्टाएर एउटा सामान्य दैनिकीबाट मुलुकको कायापलट गर्ने ओटोहान विस्मार्क, अब्राहम लिंकन अनि हाम्रा पृथ्वीनारायण शाहजस्ता व्यक्तित्वले राष्ट्रनिर्माणको यात्रा सुरु गरे । उनीहरूको साहस, सहकार्य र नेतृत्वबाट मुलुकले कसरी काँचुली फे¥यो ? अक्षरमा लेखिएका उनीहरूका दैनिकी र उत्कर्षका यात्राले मुलुक कसरी बनाउन सकिन्छ भन्ने शिक्षा आजलाई त दियो दियो– युगौंयुगसम्म यसरी नै इतिहास बनाइरहनेछ । राष्ट्र निर्माणको यात्रामा एडोल्फ हिटलरले क्रूरता देखाए, नेपोलियन बोनापार्ट अति नै आकाङ्क्षी भए ।

ठूलो महङ्खवाकाङ्क्षा र क्रूरताको कथाले सिर्जना अनि निर्माण बिथोलियो, पात्रहरूको दुखद अवसान पनि भयो तर कथा सकिएको छैन । सिर्जनाका लागि थालिएका साहसका यात्रा सम्मतिसाथ हुनुपर्छ, आकाङ्क्षामा स्वीकार्यताको सीमा नाघ्नु हुँदैन, पुस्तकका अक्षरले नयाँ कथा सुरुआत गरेका छन् । पुस्तक छ र न कथाहरू बाँचेका छन् । पुस्तक छ र न त जीवन शिक्षा र सन्देशबाट गतिशील छ ।

पुस्तकले विचार र दर्शनलाई संस्थागत गर्दै, परिमार्जन गर्दै र समृद्ध बनाउँदै लाने गर्दछ । पुस्तक नहुँदो हो त मर्यादा पुरुषोत्तम रामचन्द्रका आदर्श कथा उतिबेला नै धर्तीको धुलोमा विलीन हुने थिए, कृष्ण कन्हैयाका कूटनीति हावामा मिल्ने थिए । प्लेटो र एरिस्टोटलका राज्य सिद्धान्त शक्तिका मान्यता राज्यले वरण गर्न पाउँदैनथ्यो । रुसोका सिद्धान्तले राज्यइच्छा पाउँदैनथ्यो, जोहन दुवेका भावनाले जीवन शिक्षा दिँदैनथे । परिणामतः नागरिक निजत्व, मर्यादा र खुसीबाट पूर्णतः विमुख हुने थियो ।

माक्र्स र एङ्गेल्सका राज्यहीन सामाजिक समानता वा ब्रुनो काइस्की र बीपीका समाजवादी सिद्धान्त राज्यले बुझ्दैनथ्यो । त्यसो त पुस्तकले दर्शन र सिद्धान्तलाई संस्मरण तथा संरक्षणमात्र गरेको छैन– अरू धेरै दार्शनिक जन्माउँदै पहिला कँुदिएका सिद्धान्तलाई गतिशील बनाउँदै, नवीकरण अनि परिमार्जन गर्दै लगेको छ । दर्शनमा पुस्तान्तरको प्रभाव पर्छ भन्ने नमुना हुन् प्रदीप गिरी र डा.बाबुराम भट्टराई । माक्र्स एङ्गेल्सलाई उनीहरूले आधुनिक अर्थमा बुझे र बुझाए पनि । यसर्थ पुस्तक आफैंमा जीवन्त पाठशाला हो– विचार अनि सिद्धान्त मन्थन र उत्पादन गर्ने कार्यशाला हो ।

निजी सुख र समृद्धिको स्वार्थमा रमाउने मानव जातिलाई पुस्तकका हरफले नैतिक तथा आत्मानुशासनको मार्ग देखाउँदै आएको छ । सत्कर्म, सद्वचन, सद्व्यवहार र सत्प्रयास गर्ने सिद्धार्थ गौतमको अथक प्रयासले बुद्धत्व प्राप्त ग¥यो । मानव सेवा र अहिंसा नै धर्म हो– सेवा र समर्पणमार्फत धर्म गर भन्ने मोहनदास महात्मा बने । बुद्धत्व र महात्मा त्यसै प्राप्त भएको होइन– यो कसैले दिएको उपहार होइन– प्रायोजित पुरस्कार पनि होइन । यो त उनीहरूको कर्मको लिपिबद्ध इतिहास पुस्तकले राखेकाले पछिका पुस्ताले उनीहरूमाथि गरेको सम्मान र न्याय हो ।

यो सम्मान र न्याय मानव पुस्ताका लागि नै उपहार हो । अब गौतम बुद्धका वाणी उनका मात्र रहेनन्, न महात्मा गान्धीका विचार परिवार र भूगोलमा सीमित छ । ती विचार र वाणीको विस्तृतीकरण तथा मानवीकरण गर्न धेरै पुस्तक अनि अक्षरले काम गरे । त्यसैले महान् व्यक्तिहरू पुस्तकमा बाँच्दै आएका छन् । पुस्तक महान्ता, अझ भनौं, मानवताको विशालकाय घर हो ।

सबै व्यक्ति विचार पढ्दैनन्, मनोरञ्जन पढ्न रुचाउँछन् । मस्तिष्कका खुराक र वैयक्तिक प्राज्ञ विस्तार गर्न लागु हुँदैनन् तर स्वाद र सन्तुष्टिमा रम्न चाहन्छन् । पुस्तकका अक्षर मनलाई रञ्जन दिने नादहरू हुन् । गीतका झङ्कार हुन्, नाट्यशाला र चलचित्र घर हुन् । एउटा बालक मनमनै जे के रोलिङमा रमिन्छ, गाव्रिएल गार्सिया कार्मेज र पाउलो केलीका पात्रसँग दौडिन्छ । सुपरम्यान र स्याङकोपान्जामा चुल्बुलिन्छ । गोर्कीको पावेल बनेर दा¥हा किट्छ र विद्रोही बन्छ वा सेमुएल वेकेटसँग निरुक्त बन्छ । भन नोइमन र रामानुजनमा पिक्टोग्राफिक अनि पढाइसाथ सोच्ने र भिजुअलाइज्ड गर्ने प्रवृत्तिमा रहन्छ ।

मनोरञ्जनका आआनै स्वाद र तरिका छन् । पुस्तक स्वादहरू पस्किने मञ्च वा सूत्र हो । कोही दुखान्त कथाका पात्रसँगै आना मनलाई विरेचन गर्छन्, कोही उत्साह र श्रव्य अनुभूतमा । आक्रोशमा हौसिन्छन्, मनोवादमा रमिन्छन्, स्वैरकल्पनामा फैलिन्छन् । अन्तरिक्ष र विश्व ब्रह्माण्डकै यात्रा गर्छन्् । सगरमाथा चढ्छन्, आकाशमा फैलिन्छन्, महासागरमा डुबुल्की मार्छन् अनि छहरामा छचल्किन्छन् । पुस्तक छ र न यी सबैथोक छ ।

पुस्तकहरू सुनका झैँ सुन्दर र फलामका झैँ कडा अक्षर टिप्दैनन् । पुस्तकका अक्षर कमलका फूलसरि कोमल हन्छन् । अक्षरहरू कसैलाई गाली गर्दैनन् । गाली गर्नु अक्षरको धर्म होइन । अक्षरका पुञ्ज पुस्तक, मायाका पनि पुञ्ज हुन् । माया गर्न अक्षर र अक्षर सङ्ग्रह गर्न पुस्तक जन्मिएको हो । कोमल सुमसुम्याइमा अक्षर बिग्रन लागेको जीवनको सम्पादन मृदुभावमा गर्दछन् । जीवनको आनै संविधान निर्माण गर्न र आफैंलाई सम्पादन गर्न अक्षरहरू अदम्य शक्ति हुन् ।

पुस्तक विश्वलाई चियाउने सुन्दर बिम्ब हो– जसमा व्यक्तिहरू आना चाहनाका चित्र खोज्न सक्छन् र आकाङ्क्षा पूरा गर्ने सूत्र पत्ता लगाउन सक्छन् । सिर्जनाका फराकिला बाटा भेट्न सक्छन् । पुस्तककै माध्यमबाट संसारको परिक्रमा, अन्तरिक्षको यात्रा र ज्ञानको सागरमा डुबुल्की मार्न सक्दछन् । पुस्तकले शिक्षा र सीपका सूत्र तथा सिद्धान्त दिएको छ, सफलताको बाटो देखाएको छ । प्रगति र समृद्धिको आधार दिएको छ । विचारक हरारीले पुस्तकमार्फत नै मानिसलाई ईश्वरीय शक्तिको पर्याय देखे, ईश्वरीय शक्तिको दुरुपयोगले मानिसको आनै हितविरुद्ध काम गर्ला कि भनी सचेत गराइरहेका छन् ।

पुस्तक गुरु हो । शिक्षा र सन्देश गुरुको काम हो । गुरुहरू आफू अब्बल हुन चाहन्छन् र शिष्यहरू आफूभन्दा अझैँ अब्बल भएको देख्न चाहन्छन् । गुरुहरू शिष्यसँग ईष्र्याभाव पटक्कै राख्दैनन्, गुरुहरू दम्भी हुँदैनन् । हरेक छोरा र शिष्यले आफूलाई शास्त्रार्थ अनि अरु ज्ञान–व्यवहारमा हराओस् भन्ने कामना छोराको बाबु तथा शिष्यका गुरुको हुन्छ । र त भनिएको छ– पुत्राच्छिष्यात् पराजयम् । शिष्य दम्भी, अविवेकी र व्यभिचार हुन सक्छ । पुस्तक गुरु भएकाले आफूमा भएको ज्ञान शिष्यलाई दिएर उसलाई सत्कर्म र विवेकको बाटो देखाउँछ । पुस्तक अदम्य शक्ति हो चेतना, ज्ञान र विवेक विस्तार गर्ने ।

मनुस्मृति, चाणक्य नीति, वेदका ऋचा, कुरान, वाइबलका स्टान्जा सबै शिष्यलाई सन्मार्ग देखाउने सूत्र हुन् । नीति उपदेशका साँचो हुन् । क दुब्लाउँदा भावुक बन्ने कालिदास पुस्तकबाटै कवि र महाकवि बने । अक्षरमा रमाएर नै बाल्यकालका बुद्धु आइन्स्टाइन सापेक्षवादको सिद्धान्तमार्फत विश्वलाई थर्काउन पुगे । पुस्तक पढ्नबाट वञ्चित, विद्यालयबाट निकालिएका स्टिभ जब्स अक्षरकै साइनोमा अरू धेरैलाई पुस्तकबिनै पुस्तक पढ्न सक्ने आविष्कारका जननी बने । पुस्तक पढ्नबाट वञ्चित नागरिकहरू पुस्तक पढ्नका लागि नै राज्यसँग सङ्घर्ष गरे ।

पुस्तककै सन्देशमा ठूल्ठूला महासमर बम विस्फोटन हुनबाट रोकिए । विसर्जन र विध्वंस विनिर्माण तथा पुनःनिर्माणका आधार बने । दम्भीको अहंकारलाई भष्म गर्ने, क्रूरता र पाखण्डलाई विद्यामार्फत विनयमा बदल्ने शक्तिको स्रोत पुस्तक हो । त्यसैले नेपालीहरू पुस्तकलाई औधी सम्मान गर्छन््, पुस्तकलाई पूजा गर्छन्् र पुस्तक पढेर आफैं पुजिन्छन् पनि । भनिन्छ– राजा मुलुकभित्र मात्र पुजिन्छ, विद्वान सबैतिर पुजिन्छ । पुस्तक विद्वत्ता तथा यश फैलाउने शक्ति हो ।

पुस्तक पढ्नाले चेतनाको क्षितिज फराकिन्छ । चेतना र प्राज्ञ फराकिनु भनेको मानिस महान् बन्नु हो । महान् मानिस विचार, बुद्धि र विवेकमा फराकिलो हुन्छ । उसले ब्रह्माण्डकै ज्ञान लिएको हुन्छ । ब्रह्माण्डको ज्ञान लिनु भनेको समस्त जीवजगत्को सुख, संवेदना र सम्भावना बुझ्नु हो । पदार्थ र चेतना बुझ्नु हो । स्वार्थ र सङ्कीर्णताबाट उदात्त भई उठ्नु हो । पुस्तकका निर्जीव अक्षर सभ्यता र विकासलाई जीवन दिने अचुक औषधि हुन् । त्यसैले पुस्तक ब्रह्म र प्रज्ञा पनि हो ।

पुस्तकमा लेखिन नपाएर कति महान् विचार त्यत्तिकै हराए होलान् । कति महान् कविका कविता, जीवन उत्सर्गका कथा प्रकृतिमा त्यत्तिकै विलय भए होलान् । श्रुति र संस्मरणहरू रुमल्लिँदै विस्मृतिमा परे होलान् । पुस्तक नै पढेर ती विस्मृति र हराएका थुप्रै कुरा पुनर्खोज गर्न सकिन्छ । विज्ञानले त्यसको आविष्कार गरोस्, पुस्तकले त्यसको रक्षा गरोस् ।

क्रूर शासकहरू पुस्तकबाट भयभित हुन्छन्, शक्ति अहंकारीहरू पुस्तकबाट त्रसित हुन्छन् । पुस्तकलाई सत्तोसराप गर्छन्् । अक्षरको शक्ति निस्तेज पार्न पुस्तक र पुस्तकालय बन्द गर्छन्् । राणा शासकहरू पुस्तकबाट डराएर नै लाइब्रेरी पर्व रचियो र “मकैको खेती” खोजीखोजी जलाइयो, बीपीका पुस्तक जफत गरियो । पुस्तकका पाना बन्दुकले ध्वस्त पारियो । युरोपका क्रूर शासकले यसै गरे, अन्यत्रका निरंकुशले पनि यसै गरे । जनताको शक्ति, संवेदना र आक्रोशको आवाज पुस्तकले पहिल्याउने भएकाले क्रुर शासकहरू पुस्तकसँग डराउँछन् । अति भएपछि पुस्तकको आवाज नै पड्किएर शासकका क्रूरता परास्त भए र पुस्तकले पराजितलाई पनि माया ग¥यो ।

पुस्तक सिर्जना र सभ्यता हो– जो सबैका भावना समवेत रुपमा उठाउने गर्दछ । उसका लागि सबै आना, कोही पराया छैन । त्यसैले वाल्मीकिले बम बनाएन्, पुस्तक लेखे, व्यासले वेद लेखे, देवकोटा, किट्स, शेली सबैले पुस्तक लेखे । जनताका मनमा बस्ने शासकहरूले कतिलाई त विज्ञ नै मुकरर गरेर पुस्तक लेखाए ।

अक्षरहरू खराब कुराहरू लेखिन मान्दैनन् । जे लेखिए– ज्ञान र नीतिका कुरा लेखिए । लेखिएका व्यक्ति पुस्तक बनेर देखिए । शासन प्रणाली जे छ– पुस्तकमा अंकित छ । पुस्तकका अक्षर जसले जीवनमय भएनन्, अर्धज्ञानमा अपव्याख्या भए, फेरि पुस्तकले नै शिक्षा र सचेतना दिएर जीवन पाए । राजनीति र नीतिशिल्पीहरूले बुझे— अल्पज्ञानले अहंकार बढाउँछ भने विद्याले विवेक ।

हो– पुस्तकको आकार र मुकाम फेरिँदैछ तर ज्ञानको आयतन फैलिदै छ । पुस्तकका ससाना अक्षर ठूला ज्ञान र शक्तिका पुञ्ज बनेका छन् । अब ठूल्ठूला पुस्तक हत्केलामा जम्मा गरेर, क्लाउडमा स्टोर गरेर, टचप्याड र स्मार्टफोनमा डाउनलोड गरेर पढ्न सकिने भयो । हाम्रा सिर्जना ठूल्ठूला ठेलीमा कम्पोज गरेर छाप्नुपर्दैन, अपलोड गरेर स्टोर गर्न सकिने भयो । यसले ज्ञान आर्जनका अवरोध भत्काएर अवसरजति विस्तार गरेको छ । आना स्वाद र सन्तुष्टिका पुस्तक छान्ने अवसर निमेषमै प्राप्त छ ।

आफ्नै स्वाद र चाखमा पाठकहरू रम्न पाएका छन् । दृश्यमा मात्र होइन– आवाजमा पनि पढ्न सकिने अवसर छ । धन्य शताब्दीका पुस्ता तिमीहरू ज्ञान र विवेकका पारखी बन । यसो गर्न तिमीलाई सित्तैंमा अवसर आएको छ । तिमी औधी भाग्यमानी छौ तर सावधानी लेऊ ज्ञान अपभ्रंश होला, तिम्रो सिर्जना पाइरेसी होला, ह्याकिङ, फिसिङ र स्पुफिङमा पर्लाऊ तर नभूल, अवसर र फाइदाका सापेक्ष्यमा जोखिम तथा विकृति साह्रै न्यून छन् । यसलाई सिर्जनामा उपयोग गर ।

नजाने कति ज्ञान र नीति सिद्धान्तहरू लिपिबद्ध हुन नपाई पितापुर्खाले ज्ञानको तिर्खामा मेट्न पाएनन् । त्यसको क्षति पूरा हुनेगरी पुस्तक लेख्नु छ, पढ्नु छ– जसका लागि प्रविधि छ । त्यसैले नभुलौ लेख्नेहरू लेखिरहौ, पढ्नेहरू पढ्न नथाकौं । पुस्तक छ र समाज छ, पुस्तक छ र त सभ्यता छ । पुस्तकलाई सम्मान गरौं, यो जीवन हो– जीवनको ज्योति हो ।

-गोपी मैनाली ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }