पालो
मौशमले च्यालेन्ज गर्यो, एक पप तान्न जाउँ न हिंड । भगिराले ल्याङ्कीलाई अनुरोध गर्यो । नाइ यार ! मेरो जि एफ दुइ घण्टामा आउदैछिन् ल्याङ भयो भने बोर हुन्छ । उसले नाइनास्ति गर्यो । भात छोडनु साथ नछोडनु भन्छन,एक घण्टामै फर्कुला नि । तेरो जि एफ अहीले नै आउने हैन क्यारे । टाइम पनि किल हुन्छ ,अनि मुडपनि फ्रेस हुन्छ । भगिराले ल्याङ्कीलाइ सारै कर गर्यो ।
ल्याङ्कीले उसलाई नकार्न नसके पछि दुबैजना एण्डबारमा छिरे । बत्तिको झिलिमिलि, चुस्किको ताल,जसलाइ पायो उसलाइ अंगालो हाल। धुँवाको मुस्लो बाजाको ताल, युवा मस्त तर मुलुकको बेहाल । मुलुकी र मुलुकको भविष्यले धुँवा छिचोल्दै बाहिर आउन खोजेपनि राज्य ब्यवस्था परिबर्तन देखि अर्थतन्त्र सुधार्ने टेवुल माथिका धुस्रागफले टुप्पिबाट थिचिरहेको थियो ।
ल्याङ्कीलाई कताकता कोलाहलका बीच परिचित आवाजले कान कोट्याए जस्तो लाग्यो । मन मस्तिष्क रिफ्रेस गरिरहेको उसले भु.पु. जि एफलाई न्यु बि एफ संग मस्किरहेको देख्यो । उसलाइ नमज्जा लाग्यो । उनीहरुले टेबुल चेन्ज गर्ने निधो गरी अलिपर कुनाको टेबुलमा सरे । वेटरले मालताल सर्भिस गर्यो । दुबैजनाले पालो पालो धुँवाको मुस्लो उडाय र धुँवा तिरै हेरे ।
क्रमशः धुवाका फेँदहरु नियाले । धुँवाको एउटा फेँद हेर्दा उनीहरु झस्किय । आफ्ना आँखा मिचेर हेरे, गाला चिमोटेर हेरे । उनिहरु भ्रममा नभएकोमा ढुक्क भए । दुइघण्टा पछि भेटने भनेको जि एफ त उसकै कलासमेट हेम्ससंगै अंगालोमा देखे । ल्याङ्कीको पारो तात्यो । उसले चिच्चाउदै भन्यो ,ओए , तेरो के पारा हो ? मलाइ टाइम दियर अन्तै टाप ? केटीले लत्याक लुतुक गर्दै भनिन अरे यार तिमी किन फास्ट ?
तिम्रो पालो आएकै छैन । उसको कुरा सुनेर जुरुक्क उठेर टेबुलमा ड्याम्म हान्दै…..पालो भन्छेस भन्दै झम्टियो । त्यतिकैमा खै कसले उसको पुर्पुरोमा ट्युबलाइट फोर्यो । उ राँगो ढलेझै भुँइमा ढल्यो । वनरले बत्ति निभायो । संसदभवनमा जस्तै भागदौड मच्चियो । सबैजना भागिसकेपछि प्रहरीको पालो आयो । प्रहरी पुग्यो तर त्याँहा कोही थिएन । थियो त केवल कसैको पालो … तर कस्को पत्तै लागेन ।
-गोपिराम भण्डारी