मङ्लबार, भदौ ३०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

जन भावना बमोजिम काम गर्नुस: केन्द्रिय सदस्य आचार्य


  • आशिष तामाङ्ग
  • आइतवार, साउन १, २०७९
  • 591
    SHARES

 

रसुवा, १ साउन

नेपाली कांग्रेसको केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्य माननीय मोहन आचार्यले जन सरोकारका मुध्दालाई प्राथमिक्ता दिन रसुवाका  स्थानिय जन प्रतिनिधिहरुलाई आग्रह गर्नु भएको छ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति रसुवाले स्थानीय तहको निर्वाचन- २०७९ मा विभिन्न पदमा निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा सम्मान गर्न रसुवाको धुन्चेमा आयोजना गरेको कार्यक्रमा कांग्रेस केन्द्रिय सदस्य आचार्यले स्थानिय सरकार संग जनताका धैरै अपेक्षाहरु रहेको हुनाले गाँउको विकासलाई केन्द्र विन्दूमा राखेर स्थानिय सहभागितामै आयोजनाहरु अगाडी बढाउन जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभयो।

कार्यक्रममा पार्टीको जिल्ला सभापति पेम्बा छिरिङ तामाङ,बागमती प्रदेश सभा सदस्यद्वय  प्रभात तामाङ र प्रेम तामाङ,लामा कार्पु तामाङ र उपेन्द्र लम्साल सहितका विभिन्न तहका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।


जनप्रतिनिधिहरुलाई बधाई पत्र प्रदान गरि आगामी पाँच बर्ष जनताको सेवामा कार्य गर्न समेत उहाँहरुले निर्देशन दिनुभयो।

कार्यक्रममा उपस्थित नेताहरुले  आ -आफ्नो धारणा व्यक्त गर्दै स्थानिय निर्वाचनको समिक्षा तथा आगामी संघ र प्रदेशको निर्वाचन केन्द्रित रहेर सङ्गठन बिस्तारलाई तिब्रता दिनुपर्ने धारणा राख्नु भयो।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)