मङ्लबार, भदौ ३०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

साउन महिनाको प्रारम्भसँगै गोसाइँकुण्ड जाँदै भक्तजनहरु


  • माउन्टेन खबर
  • सोमवार, साउन २, २०७९
  • 602
    SHARES

२ साउन, काठमाडौं । साउन महिनाको प्रारम्भसँगै पवित्र तीर्थ गोसाइँकुण्ड जाने धार्मिक यात्रा सुरू भएको छ । समुन्द्र सतहदेखि चार हजार ३८० मिटर उचाइ रसुवाको उच्च भागमा अवस्थित पवित्र तीर्थ गोसाइँकुण्डमा स्नान एवं पूजाआजा गर्नाले आफ्नो मनोकाङ्क्षा पूरा हुने विश्वासका साथ भक्तजन नीलाद्रि पर्वत जाने गरेका छन् ।

गङ्गा दशहरा एवं जनैपूर्णिमा पर्वअन्तर्गत लाग्ने विशेष मेलाका अलावा साउन महिनाभर पवित्र तीर्थ स्नान गर्ने चलनसमेत रहिआएको छ । यो महिनाभर पवित्र तीर्थमा स्नान गर्ने भक्तजनको शरीरिक रोगब्याद पूर्णरूपमा हट्ने विश्वासका साथ भक्तजन साउन महिनाको शुभारम्भबाटै गोसाइँकुण्ड जान थालेको स्थानीय भक्तजन बताउँछन् ।

दैनिकरूपमा १०÷१५ जना भक्तजन नीलाद्रि पर्वतको धार्मिक मार्गमा ओहरदोहर हुन थालिसकेको चन्दनबारीका होटल व्यवसायी सुब्बा लामा बताउनुहुन्छ । साउन महिनाभर गोसाइँकुण्ड दहमा स्नानका साथै पूजा आराधना गर्नाले मनोकाङ्क्षासमेत पूरा हुने मान्यता रहिआएको छ । धार्मिक मान्यताअनुरूप जिन्दगीमा एकपटक भए पनि पुग्नैपर्छ ।

धुञ्चेसम्म मोटरले पु¥याएपश्चात् सुरू हुने पदयात्रा देउराली, डिम्सा, चन्दनबारी, लौरिविनायक हुँदै गणेश गौडासम्म उकालो र त्यसपछि ककरो भिर हुँदै पवित्र तीर्थ पुगिन्छ । हाल ककरो भिरको पूरै भागमा नेपाली सेनाले फलामेवार लगाइदिएका कारण भिरमा लडिने डर पूर्णरूपमा अन्त्य भएकाले निर्धक्क साथ जान सकिने पुरोहित टङ्कप्रसाद ढकालले बताउनुभयो ।

यस वर्षको जनैपूर्णिमाको प्रमुख दिन भने यही साउन २७ गते परेको छ । साउन २३ गते पुत्रदा एकादशीदेखि गोसाइँकुण्डमा पाँच दिन ठूलो भीड लाग्ने र करिब १५ हजार भक्तजनले स्नान गर्ने स्थानीय अनुमान रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)